Wednesday, July 1, 2009

स्वास्थ सम्बन्धी केही कुरा

1. स्वाइन फ्लू बारे सामान्य जानकारी
महेन्द्र वस्याल

आज विश्वलाइ आर्थिक मन्दिले सताएको वेला आगोमा तेल थपे झैं अति खतारनाक सरुवा रोग स्वाइन फ्लूले विश्वलाइ नै आफनो सिकार बनाउने कोशिस गरिरहेको छ । आज स्वाइन फ्लू ;ैूपदम थ्सनद्ध जीवाणु विश्वका 74 भन्दा धेरै देषहरूमा फैलिसकेको छ । सन 2009 को अप्रेलमा मेक्सिकोमा देखापरेको जीवाणुका कारण विश्वको हालत सन 1968 मा फैलिएको इन्फलुएन्जाको तुलनामा बढी खतरनाक देखिएको छ । स्वाइनको अर्थ सुँगुर र फ्लूको अर्थ रूघखोकी अर्थात स्वाइन इन्फलुएन्जा हो । जीवाणुमा हुने प्रोटिनको आधारमा वर्गिकरण गर्ने क्रममा यस रोगको जीवाणु ;टपतनेद्ध लाई वैज्ञानिकहरूले ए–एच1 एन1 ।.;भ्1छ1द्ध नामाकरण गरेेका छन् । एचको अर्थ हो हेमाग्लुटेनिन र एनको चाहीं न्युरामिनिडेज ;भ्1त्रभ्मउंहहसनजपदपद ंदक छ1त्र छमनतंउपदपकेंमद्ध हो । जीनहरूको आधारमा भाइरसहरूको पहिचान गरिन्छ । एचका 16 र एनका 9 प्रकार रहेको उल्लेख गरेका छन् । एच र एनमा अणुमा परिर्वतन गर्न सक्ने क्षमता एन्टिजेनिक सिफट नामको एनफलुएन्जा जीवाणुमा हुन्छ । सन् 1918 मा महामारी फैलाउने स्वाइन फ्लू एच1 एन2 थियो । त्यस पछि फ्लूको नयाँ नश्ल एच2 एन1 पत्ता लगाइएको थियो । पछिल्लो जिव उत्तपन्न भयो । स्वाइन इन्फुलुएन्जा भाइरसबाट सँुगुरसँग नजिक हुने मानिसहरू सङ्क्रमित हुने र क्रमश: मानिसबाट मानिसमा सर्दछ । विश्व स्वास्थ्य सङ्गठन डब्लु एच ओ ;ॅभ्व्द्ध ले तयार पारेको 11 जुन 09 को तथ्याङ्क अनुसार यो 5 देखि 6 फेसमा पुगेको छ र रोग विश्वभरीनै फैलिएको ;भ्1छ1 च्ंदकमउपब ैजंजनेद्ध ॅभ्व् की डा.माग्र्रेट चन, डाइरेक्टर जेनेरलले बताएकी छिन् । अहिलेसम्मकै सबैभन्दा ठूलो रूप भएको अनुमान गरिएको छ । विश्वभर यसरोगबाट प्रभावित मानिसहरूको संख्या 28,774 पुगेको छ । आजसम्म यसरोगबाट मर्नेहरूको संख्या 144 जना पुगेको छ । तर, मर्नेहरूको संख्या मध्ये 78 जना मेक्सिकोमा मात्र मरेका छन् । विश्वका 74 भन्दा धेरै देषहरूमा फैलिएको यसरोगले कुल घटनाको 95 प्रतिषत भन्दा बढी घटना मेक्सिको, अमेरीका र क्यानाडामा घटेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार लामो समयदेखि बिरामी रहेका व्याक्ति र गर्भवति महिलाका लागि यो रोग अति खतरनाक हुन्छ । सम्पसिल देषहरूबाट फैलिएर गरिब देषहरूमा विस्तारै आफ्नो पकड जमाउँदै गएको छ । धनी देषहरूमा यदि तुरून्तै नियन्तणमा नलिएमा यसले अझ बढी सङ्क्रमण गर्ने डर छ । इजिप्टबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म 3 लाख सुँगुर नश्ट गरिसकिएको छ । क्यानाडा, अमेरीकाबाट चाइना र रसियामा एक्सर्पोट हुने सुँगुरको मासु ;च्वताद्ध अहिले पुरै बन्द गरिएको छ । जस्ले गर्दा अहिलेको आर्थिक मन्दीले जकडेको बेला झन आगोमा घ्यू थपे झैं भएको छ । सर्वप्रथम इसापूर्व 142 मा ग्रीसमा हिपोक्रेट्सले फ्लूको उल्लेख गरेका थिए । सन 1485 मा फ्लू जस्तै पसिना आउने रोगले ग्रेट व्रिटेनलाई नराम्रोसँग उजाडेको थियो । त्यति बेला कैयन व्याक्तिले ज्यान गुमाएका थिए । फ्लू महामारीबाट ;मचपकमउपबद्ध सन 1957 मा 20 लाख र सन 1968 मा 10 लाख मरेका थिए । सन 1918 को घातक स्पेनिस फ्लूको महामारीबाट विश्वभरीमा 10 करोड मानिसको मृत्यु भएको थियो । विगतमा झैं महामारी नफैलियोस भनेर वैज्ञानिकहरू अतिनै कोशिस गर्दा पनि अहिलेसम्म एच1 एन1को भाइरस नश्ट गर्ने इन्जेक्षन नबनेको जानकारी दिएका छन् । तर, स्वीस औषधि निर्माता नोभर्टिसले खोपको नमुना तयार पारेर विश्व स्वास्थ्य सङ्गठन ;ॅभ्व्द्ध लाई परिक्षणका साथै स्वीकृतिका लागि पठाएका छन् । पूरै निमू‍र्ल पार्न नसके पनि कान्ट्रोल गर्न सकिएको वैज्ञानिकहरूको भनाइ छ । डा.मागे्रटका अनुसार भाइरसले कसरी मानवजातिमा व्यवाहार गर्दछ र यसको प्रकोप कतिसम्म रहने छ भन्ने कुरामा अझै जानकारी नभएको बताएकि छन् । तर, आसा छ वैज्ञानिकहरूले यस इन्फुएन्जाको उपजाति एच1 र एन1को सहि उपचार छिै पतालगाउने र विगतको जस्तो मृत्यु सागर उर्लन दिने छैनन् । का स्वास्थ्य कर्मी र वैज्ञानिकहरूका अनुसार स्वाइन फ्लूका लक्षणहरू ज्वरो आउने, आङ्ग अठेर खाने, चिटचिडाहट हुने, थकाइ लाग्ने, रुघाखोकी लाग्ने, गला दुख्ने, टाउको दुख्ने र चिसो महसुस हुने । कहीं कतै पातलो दिषा र उल्टी भएको पनि विरामीले जनाएका छन् । ॅभ्व् का अनुसार यो रोग हावा र लसपसबाट सर्ने अति शुक्ष्म र खतरनाक किटाणु भएको हुँदा यस रोगबाट बचने उपायहरू निम्न प्रकार बताएका छन् । साधारणतय स्वास्थ्य रहन कोषिस गर्ने । राम्रोसँग निधाउने, षारिरीकरूपमा सकृय रहने, धेरै सफा पेयपर्दाथ पिउने, सन्तुलीत भोजन खाने, कसैको षरीरका अङ्ग नछुने किनभने भाइरस भएको हुन सक्छ । विरामी मानीससँग लसपस नहुने, भरसक नाक–मुख राम्रो सफा र मुलायम कागजले छोप्ने । जब हाक्ष्यूँ र खोकी लाग्दछ त्यसपछि त्यो मुलायम कागजलाई गाडी दिने । कसैलाई पनि नाक–मुख र आँखा छुन नदिने । यदि कसैलाई स्वाइन फ्लूले समायो भने स्कूल, अफिस र सार्वजनिक स्थानमा घुम्नु हँुदैन । घर वा हस्पिटलमा वसेर सुरक्षीत तरीकाको उपचार गराउनु राम्रो हुन्छ । नेपाल विश्वमै एक गरिब देष भएको हुँदा यहाँका गरिब किसानहरूले आर्थीक जीविकोउर्पाजनको लागि सुँगुर पालन गर्ने गरेको पाइन्छ । यसरोगको निवारणको लागि ति जनावरहरूको परिक्षण गर्न जरूरी छ । छिमेकी राश्ट्र भारतमा अमेरीकाबाट आएका व्याक्तिहरूमा अहिलेसम्मको ताजा तथ्याङ्क नुसार 23 जनालाई स्वाइन फ्लूद्वारा सङ्क्रमित भएको पुस्टि भएको छ । नेपाल र भारतको खुला सिमा र मानीसहरूको आवतजावत बढि हुने हँुदा नेपालमा पनि यो रोगले पकड जमाउन सजिलै सक्ने छ । तर्सथ नेपाल सरकारले यसमहामारी र खतरनाक भाइरस ।.भ्1 छ1 बाट देषलाई बचाउनको लागि समय मै रोग लाग्नु भन्दा पहिला रोगको बाटो छेक्नु ;च्तमअमदजपवद पे इमजजमत जीमद बनतमद्ध आवस्यक उपायहरू अपनाउनँु उत्तम हुने छ ।


2.खानामा स्वास्थ्यको खोजी - डा.सुशिल देवकोटा

हामी दिनहुं धेरै प्रकारका खानेकुराहरु खान्छौं, ती मध्ये कतिपय हाम्रो स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक सावित हुन्छन् भने कतिपय खानाले त हाम्रो स्वास्थ्यमा प्रतिकूल असर समेत पार्न सक्दछ। हामीले दिनहुं खाने गरेका खानेकुरा मध्येका केहीको स्वास्थ्यसंग कस्तो सम्वन्ध रहन्छ भन्ने बारेमा केही जानकारी प्रस्तुत गरिदैछ। ० भिटामिन सि: बाथरोगको शत्रु के तपाईं आफूलाई बाथ हुन सक्छ भन्ने चिन्तामा हुनुहुन्छ? यदि त्यसो हो भने बढी भन्दा बढी भिटामिन सि को सेवन गर्न शुरु गरिहाल्नुहोस्। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले गरेको एक अध्ययनले खानाको माध्यमबाट वा थप मात्रामा भिटामिन सि को सेवन गर्ने व्यक्तिहरुमा बाथ र यसको कारण देखा पर्ने जोर्नीको दुखाइमा कमी हुने तथ्य पेश गरेको छ। अध्ययनकर्ताहरुका अनुसार भिटामिन सि को सेवनले शरीरमा अनावश्यक मात्रामा युरिक एसिडको निर्माणमा बन्देज लगाउने भएको कारण यसले बाथरोगबाट मुक्ति दिलाउने क्षमता राख्दछ। ० कम भिटामिन डि: बढी रोग ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थले गरेको अध्ययनको क्रममा किशोरावस्थामा भिटामिन डि को कमी हुन गएको खन्डमा विभिन्न किसिमका रोगहरुले ग्रस्त बनाउने तथ्य प्रकाशमा ल्याएको छ। उक्त अध्ययनले बाहिर ल्याएको प्रमुख तथ्यको रुपमा यसरी भिटामिन डि को कमी भएको खन्डमा उक्त व्यक्तिलाई वयस्क जीवनको शुरुवातमै उच्च रक्तचाप तथा मधुमेह जस्ता ठूला रोगले गांज्न सक्ने संभावनालाई अगाडी सारेको छ। त्यसैगरी पाचन प्रणालीमा प्रतिकूल असर पर्ने र त्यसको कारण मोटोपन, मुटुको रोगले पनि गांज्न सक्ने बताइएको छ। यो अध्ययनको परिणामले यस्तै किसिमका परिणाम ल्याएका यस अघिका केही अध्ययनहरुलाई बल पुगेको छ जसले भिटामिन डि को सेवन कम गरेको खन्डमा ठूला ठूला रोग लाग्न सक्ने बताउंदै आएका थिए। ० बन्दा र काउली क्यान्सरमा उपयोगी इन्डोल ३ कार्बिनोल नाम गरेको रसायनले क्यान्सरको अन्तिम अवस्थामा समेत फाइदा पुग्ने देखिएको छ। यो इन्डोल ३ कार्बिनोल विशेषतः बन्दा र काउलीमा यथेष्ट मात्रामा पाइन्छ। अध्ययनकर्ताहरुले यो केमीकलले क्यान्सरजन्य कोषहरुको उच्च वृद्धि गराउन जिम्मेवार हुने केही इन्जाइम माथि नकारात्मक प्रभाव पार्ने बताएका छन्। इन्डोल ३ कार्बिनोल माथिको अध्ययन यस अघि नै शुरु भैसकेको छ किनकि यस अघि नै यसले मूसाहरुको स्तन तथा प्रोस्टेट क्यान्सरजन्य कोषको नियन्त्रणमा प्रभाव पार्ने देखिएको थियो। ० काउली सेवनका फाइदाहरु: १) काउली क्रुसिफेरी परिवार अन्तर्गत पर्ने भएका कारण यो परिवारसंग सम्बन्धित अन्य बोटविरुवामा जस्तै यसमा पनि फाइटो केमिकल हुन्छ जसले क्यान्सर विरुद्ध लड्न सहयोग गर्दछ। २) यो भिटामिन ए र सि को मुख्य श्रोत हो। यी दुवै भिटामिनहरुको एन्टि अक्सिडेन्ट क्षमता भएको कारण विभिन्न किसिमका स्वतन्त्र कणबाट हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्नुको साथमा कोषहरुको शीघ्र मृत्युलाई समेत नियन्त्रण गर्दछ। ३) को क्याल्सियमको पनि राम्रो श्रोत हो। जसको कारण ओस्टियोपोरोसिस नाम गरेको हड्डी कमजोर हुने रोगमा पनि फाइदाजनक सावित हुन्छ। ४) यसका साथै यसमा फोलिक एसिड पनि हुने भएको कारण गर्भवती भैसकेका वा हुने क्रममा रहेका महिलाले काउलीलाई आफ्नो खानामा मिसाउन सकेको खन्डमा जन्मने बच्चामा जन्मजात हुने रोगहरु कमै मात्र देखिन्छन्। ५) यसमा फाइबरको मात्रा पनि धेरै हुने भएको कारण कब्जियत लगायतका समस्यामा पनि यो लाभदायक हुन्छ। ६) यसमा भएको पोटासियमको प्रचुरताको कारण रक्तचापमा नियन्त्रण गर्न मद्दत पुग्दछ। ७) यो क्यान्सरको नियन्त्रणमा लाभदायक छ। विशेषतः फोक्सो, मूत्रथैली, प्रोस्टेट, डिम्बासय, स्तन लगायतका अंगको क्यान्सरमा। ८) यसमा क्रोमियम पनि हुन्छ जसले इन्सुलिनको मात्रा नियन्त्रणमा राखी रगतमा देखिने ग्लुकोजको मात्रालाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ। ९) टमाटरसंग मिसाएर पकाएको काउलीको तरकारी खाइयो भने यसले प्रोस्टेट बढेको समस्यामा अचूक काम गर्दछ। १०) यसले रक्तनलीहरुलाई कडा हुनबाट बचाउनुका साथै मुटुको कार्यक्षमतामा समेत वृद्धि गर्दछ। ११) यसले स्वस्थ तरिकाले वजन घटाउन पनि मद्दत गर्दछ। ० खानामा माछा अन्य विभिन्न किसिमका खानेकुराहरु जस्तै माछा पनि उत्कृष्ट खानेकुरा मध्येको एक हो। दिमागी खानाको रुपमा चिनिने विभिन्न खानेकुराहरु मध्येको माछा पनि एक हो जसमा ओमेगा ३ फ्याटी एसिड नामक तत्व रहेको हुन्छ। स्वीडेनका अध्ययनकर्ताहरुले १५ बर्ष नाघेका पांच हजार भन्दा बढी किशोरहरुमा गरेको अध्ययनको क्रममा हप्तामा दुई पटक भन्दा बढी माछा सेवन गर्ने किशोरहरुमा सामान्य किशोरहरुमा भन्दा स्मरण शक्ति वृद्धि भएको पाइएको छ। तर यसो भन्दैमा सबै किसिमका माछाहरु फाइदाजनक भने हुंदैनन्। ती माछा जसमा ओमेगा ३ फ्याटी एसिडको मात्रा बढी हुन्छ, मात्रा फाइदाजनक हुन्छन्। सारडिन्स, एटलान्टिक मार्केल, हेरिंग र ट्राउट माछा बढी फाइदाजनक हुन्छन्। दिमागको विकासको नम्ति र यसले गर्नुपर्ने सामान्य कार्यहरु गर्नको निम्ति ओमेगा ३ फ्याटी एसिड फाइदाजनक हुन्छ। यति मात्र होइन माछा प्रोस्टेटको निम्ति पनि फाइदाजनक हुन्छ। प्रोस्टेटको लक्षण देखिएका ९०० व्यक्तिमा एउटा अध्ययन गरिएको थियो, जसमा जुन व्यक्तिहरुलाई हप्तामा ५ दिनमा रातो मासुको सेवन गर्न दिइएको थियो, उनीहरुमा प्रोस्टेट बढ्ने संभावना ४ गुणाले वृद्धि भएको थियो भने जसले निरन्तर हप्तामा ५ दिन सम्म माछाको सेवन गरे उनीहरुमा भने प्रोस्टेटको वृद्धि हुने क्रम तीन गुणाले कम भएको थियो। यसका साथै माछाले मुटुमा हुने धमनी रोगमा पनि फाइदा गर्दछ। तर ओमेगा ३ फ्याटी एसिडको मात्रा दिनको ३ ग्राम भन्दा बढी भने हुनु हुदैन अन्यथा मेटल पोइजनिंग हुन सक्छ।


3. आफूखुसी कानेगुजी निकाल्नु हानिकारक

मानिसहरूको कानको बाहिर नलीको बाह्य भागमा रहेको नरम हड्डीलाई छोपेको छालामा इयर वाक्स नाउ147को छिद्र हुन्छ। त्यसबाट एक किसिमको हलुका पहेंलो त140व निस्कन्छ। त्यसलाई कानेगुजी भन्छन्। ढोकाका पाले वा रक्षकले सुरक्षाको काम गरेझैं त्यसले पनि दिनदिनै कानको बाहिर नलीको ढोकामा बसेर कानको संरक्षण गर्दै आएको छ। सो त140व हावामा सुक्खा भएपछि पहेंलो लेदो बन्छ। कुनै त बाक्लो तेलको रूपमा पनि देखिन्छ। साधारणतया त्यो कानको बाहिर नलीमा टा147सिएर बसेको हुन्छ। त्यसले कानको बाहिर नलीको छालाको संरक्षण गर्न र बाहिरबाट पस्न खोजेका धूलो र कीरालाई टा147स्ने भूमिका खेल्दै आएको हुन्छ। त्यसका अतिरिक्त कानको पर्दा एकदमै पातलो हुन्छ। त्यसको मोटाइ करिब शून्य दशमलव एक मिलिमिटर रहेको हुन्छ। कानबाट कानेगुजी निकाल्दा अलिकति लापरबाही गरेमा का147टा वा सलाईद्वारा पर्दालाई छुन्छ र पर्दामा प्वाल पार्न सक्छ। श्रवण शक्तिमाथि प्रभाव पर्नजान्छ। त्यसैले कान नकोट्याउनु होस् किनकि कानेगुजी साधारणतया मानिसहरूले टाउको चलाएको बेला वा खानेपदार्थ चपाएको र मुख खोलेको जस्ता गतिविधिबाट आफंै बाहिर निस्कन्छ। यदि ननिस्केमा वा बन्द गराइएमा कडा गोलाको रूपमा जमेर कानको नलीलाई बन्द गराउने सम्भावना पनि हुन्छ। जसले गर्दा कान कराउ147छ र श्रवण शक्ति कम हुन जान्छ। कुरा कहा147सम्म भने रिंगटा लाग्नेजस्ता रोगहरूले सजिलैसित मानिसहरूलाई समात्ने गर्छन्। यदि यस्तो अवस्था भएमा औषधोपचार गर्न अस्पतालमा जानु राम्रो हुन्छ। बेलायतको स्वास्थ्यसम्बन्धी पत्रिकाले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनमा के भनिएको छ भने चिनीसहित सोडापानीले लोग्नेमानिसलाई बाथरोग लाग्ने खतरा बढाउ147छ। तर मोटोपन घटाउने गुलियो त140वमात्र थपिदिने सोडापानीले खतरा बढाउन सक्दैन। चिनिया147 मूलका क्यानाडेली डाक्टर छाइको भनाइअनुसार चिनीसहित सोडापानीमा धेरै फेभ्युलोज त140वसहित रहेकाले यूएको स्तरलाई माथि उकास्न सक्दछ। अनुसन्धानकर्मीहरूबाट प्राप्त भएको नतिजाबाट के स्पष्ट भएको छ भने चक्लेट, मिठाई र फेभ्युलोज त140वसहित हुने खाद्यपदार्थले बाथरोग लाग्ने खतरा बढाउन सक्छन्। क्यानाडामा बेलायतको अधीनमा रहेको कोलम्बिया विश्वविद्यालयका डाक्टर छाइ र अमेरिकी हाफ विश्वविद्यालयका डाक्टर कोर्खानले चिनीसहित सोडापानीको मूल्यांकन गर्ने हेतुबाट छयालीस हजार तीन सय त्रियानब्बे पुरुषलाई प्रश्न पठाउनुभएको थियो। सुरुमा ती मानिसलाई बाथरोग लागेको थिएन। अनुसन्धानकर्मीहरूले बाह्र वर्षसम्म अनुगमन गर्दै आएका थिए। तिनीहरूमध्ये सात सय पचपन्न मानिसहरूलाई बाथरोग लागेको फेलापर्योन। त्यसको कारणचाहि147 चिनीसहित सोडापानीसित प्रत्यक्ष सम्बन्ध भएको पाइयो। हरेक महिनामा एक कपमात्र त्यस्तै खालको सोडापानी खानेहरू हरेक हप्तामा पा147च वा ६ कप चिनीसहित सोडापानी खानेहरू र एक दिनमा एक वा दुई कप सोडापानी खानेहरूको तुलनामा बाथरोग लाग्ने दर उनन्तीस प्रतिशत, पैंतालीस प्रतिशत र पचासी प्रतिशतका फरकले भेटिएको छ। अनुसन्धानकर्ताहरूले के कुरा पनि फेला पारेका छन् भने चक्लेट, मिठाई र फेभ्युलोज त140वसहित हुने खानेपदार्थहरू थोरै खानेको तुलनामा धेरै खानेलाई बाथरोग लाग्ने दर एक सय दुई प्रतिशत बढी छ। स्याउ र सुन्तलाजस्ता फलफूलले पनि बाथरोग लाग्ने खतरा बढाउन सक्छन्। डाक्टर छाइले यूए बढी हुनेहरूले थोरै चिनीसहित सोडापानी खाने सल्लाह दिएका छन्।

4. यौन हरेक दुःखको औषधि

अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा, संसारमै सुखद् मानिने यो गतिविधिमा स्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रान्ति पाल्नुभएको छ भने आजैदेखि हटाउनुस् । विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । 'स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,' जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, 'पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।' स्वस्थ यौनसम्बन्धबारेे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् । यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्राडा झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् । 'यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो,' उनी भन्छन्, 'यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै छैन । विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् ।' उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् । 'यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ?' उनी भन्छन्, 'तर धेरै जनासँग सम्भोग सुख लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।' उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ 'पार्टनर' फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात् स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो । यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् । नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा 'आक्सिटोसिन' हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई 'लभ हार्मोन' समेत भनिन्छ । यौनले रक्तचाप पनि नियन्त्रण गर्छ । स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् । स्वस्थ यौन गतिविधिको सीधा प्रभाव शारीरिक स्वास्थ्यमा समेत पर्छ । सातामा एक/दुईपटक सम्भोग गर्दा शरीरमा रोग प्रतिरोधी पदार्थ 'इम्युनोग्लोबलिन' वृद्घ िहुन्छ । विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने 'इम्युनोग्लोबलिन' रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ । हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रमसमेत व्याप्त छ । बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् । हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौनक्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा उल्लेख छ । यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ । विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला । युरोलजी इन्टरनेसनलको बि्रटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा के वृद्ध सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ । यौनबाट फाइदा महिलालाई पनि कम छैन । चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको छ । यसको कारण 'पेल्भिक पmलोर' मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् । सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो ।नियमित यौनले दुखाइ, मोटोपन, तनाव घटाउँछ रक्तचाप सामान्य राख्छ एकआपसमा विश्वास बढाउँछ राम्रो निद्रा लाग्छ आत्मसम्मान बढाउँछ संक्रमण रोकथाम गर्छ महिलामा कम्मर दुखाइ हटाउँछ पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ

5. भान्सामा औषधि: सिमी
यो तरकारी सानो देखिन्छ तर फाइदा थुप्रै छन् । सिमी घुलनशील रेसा -फाइबर) को राम्रो स्रोत हो । यसैले यो मुटुरोगीका लागि निकै लाभदायक हुन्छ । के मानिन्छ भने एक कचौरा सिमीको तरकारी दिनहँु खानाले छ सातामा रगतमा कोलेस्ट्रोलको मात्रा १० प्रतिशत कम हुन सक्छ । हृदयाघातको खतरा ४० प्रतिशतसम्म घट्न सक्छ ।
सिमीमा सोडियमको मात्रा कम तथा पोटेसियम, क्याल्सियम र म्याग्नेसियमको मात्रा बढी हुन्छ । र, यसमा लवणको मिश्रणले स्वास्थ्यलाई थप पुर्‍याउँछ । सिमी निरन्तर खानाले रक्तचाप बढ्दैन ।
हरियो सिमी वा सामान्य भाषामा 'पmेन्च विन्स' मा मुख्यतः पानी, प्रोटिन, केही मात्रामा बोसो, क्याल्सियम, फस्फोरस, आइरन, क्यारोटिन, थायमिन, राइबोपmलेबिन, नियासिन, भिटामिन 'सी' जस्ता मिनरल र भिटामिन पाइन्छन् ।
रायबोफ्लेबिन शरीरको कोशिका प्रक्रियाका लागि निकै आवश्यक घटक हो । सिमी यसको मुख्य स्रोत हो । सय ग्राम सिमीबाट करिब २६ क्यालोरी ऊर्जा पाइन्छ ।
सिमीको 'ग्लाइसेमिक इन्डेक्स' कम हुन्छ । यसको मतलब प्रायः भोज्य पदार्थले जस्तो सिमीले रगतमा चिनीको स्तर बढाउँदैन । यसमा पाइने फाइबर रगतमा चिनीको स्तर एकनास राख्न सहयोगी हुन्छ । यही विशेषताले गर्दा मधुमेह रोगीलाई सिमी खाने सल्लाह दिइन्छ । सिमीको रस सेवनले शरीरमा इन्सुलिनको उत्पादन बढाएका उदाहरण पनि छन् । यसैले मधुमेह रोगी वा यसको जोखिममा रहेकाहरूले सिमी खानु धेरै लाभदायक हुन्छ ।
सिमीको रस उत्तेजक -स्टिम्युलेन्ट) हुन्छ । यही प्रकृतिका कारण दीर्घ रोगीले यसको तरकारी खाइरहँदा राम्रो हुन्छ ।
सिमी मृगौलासम्बद्ध रोगमा समेत फाइदाजनक छ । होमियोप्याथिक औषधिमा यो योग गरिन्छ । यसमा एन्टि-अक्सिडेन्टको मात्रा बढी हुन्छ । एन्टि-अक्सिडेन्ट शरीरका कोशिका मर्मतमा उपयोगी मानिन्छ । यसैले सिमीको सेवनले क्यान्सरको सम्भावनामा समेत कमी आउने दाबी गरिन्छ । सिमीमा 'फाइटोइस्टोरोजन' पाइने भएकाले स्तन क्यान्सरको जोखिम पनि घटाउँछ ।


6. तीतेकरेलाको सेवनबाट हुने फाइदा:
खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई हटाउँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छालासम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।

यस्तै हात खुट्टाका जोर्नी द...ुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । औषधिको रूपमा:- तीतेकरेलको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

बियाँ -१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।

साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । फल
(१) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।

(२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । पात

(१) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । (२) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

(३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । जरा (१) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

(२) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।अन्य उपयोगितातीतेकरे लाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु:

(१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।

(२) यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।

(३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।

(४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ ।

निष्कर्ष: यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ |
 
 
7. ग्यास्ट्रिकले पेट पोल्छ र दुख्छ, कसरी नियन्त्रण गर्ने ? - डा. हेमराज कोइरालाको जवाफ
 
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।


8. मृगौला बचाउन के गर्नुपर्छ ?


मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वह...रू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

विश्वभरि मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला 'फेल' हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।

उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन् । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला 'फेल' हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ । डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ ।

निदान मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सम्भव हुन सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही लक्षण नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला 'फेल' हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ ।

मृगौला बचाउन के गर्नुपर्छ ?

मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ । यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-

१. आफूलाई 'फिट' र सक्रिय राखौं । यसबाट उच्च रक्तचाप नियन्त्रणमा आउनुका साथै दीर्घकालीन मृगौला रोगको सम्भावनालाई कम गर्छ ।

२. मघुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मृगौलाको रोग लाग्ने हुन्छ । तसर्थ्ा उहाँहरूले नियमित मृगौलाको परीक्षण गर्नु आवश्यक छ ।

३. उच्च रक्तचापको नियमित परीक्षण

गरौं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मृगौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।

४. स्वस्थ खाना खाऔं र शरीरको तौल नियन्त्रणमा राखौं । यसबाट मघुमेह, मुटुरोग र मृगौला रोगलगायत अरू रोगबाट बच्न मद्दत पुग्छ ।

५. प्रशस्त मात्रामा पानी पिऔं । यति मात्रामै पानी पिउनुपर्छ भन्ने निश्चित नियम नभए पनि करिब १.५ लिटरदेखि २ लिटरसम्म्ा पानी पिउने बानी बसाल्नु उत्तम हुन्छ ।

६. धूमपान नगरौं । धूमपानले मृगौलाको रक्तसञ्चारमा बाधा पुर्‍याई यसको कार्यक्षमतामा कमी ल्याउँछ । धूमपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।

७. औषधिको जथाभावी सेवन नगरौं । जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू मृगौलाका लागि हानिकारक छन् ।

८. यदि तपाईं उच्च जोखिमयुक्त समूह जस्तैः उच्च रक्तचाप र मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू वा मोटोपना भएकाहरू, उमेर ५० नाघेका तथा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोग लागेका व्यक्तिहरूको परिवारका सदस्यमा पर्नुहुन्छ भने आफ्नो मृगौलाको नियमित जाँच गरौं ।

लेखक मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन्  ।



9. Health - Very Very Important Tips :

Answer the phone by LEFT ear. Do not drink coffee TWICE a day. Do not take pills with COOL water. Do not have HUGE meals after 5pm. Reduce the amount of OILY food you consume. Drink more WATER in the morning, less at night. Keep your distance from hand phone CHARGERS. Do not use headphones/earph one for LONG period of time. Best sleeping time is from 10pm at night to 6am in the morning. Do not lie down immediately after taking medicine before sleeping. When battery is down to the LAST grid/bar, do not answer the phone as the radiation is 1000 times. Forward this to those whom you CARE about!

 
 
 

No comments:

Post a Comment