Wednesday, July 29, 2009

गजल

देश टुक्राउने संघीयता, आउने पो हो कि


देश टुक्राउने संघीयता, आउने पो हो कि
फेरि पनि कालो बादल, छाउने पो हो कि

जनतालाई झुक्काउन, भ्रमजाल छर्न
फेरि गाउँमा सामन्तले धाउने पो हो कि

अखण्ड यो हाम्रो देशलाई, खण्ड–खण्ड पार्दा,
विस्तारवादले फेरि मुख, बाउने पो हो कि

शासकहरू अरू सामु, नतमस्तक बन्दा
विदेशीले चलखेल गर्न, पाउने पो हो कि

देश बचाउन उठ अब संघर्षमा लाग
सबै मिलि देश भक्ति गीत गाउने पो हो कि

संघीयता चाहिंदैन, खबरदार शोषक
'बिगुल' फुक्दै फेरि नारा, लाउने पो हो कि

देश टुक्राउने संघीयता आउने पो हो कि फेरि
पनि कालो बादल छाउने पो हो कि

2 comments:

  1. karun jee nameste .
    thori time niklara aja phari maila hajura ko blog hara affno desh parti ko hajurako bichar poem marfat ramri lakhnu bhayko raicha sarai ramro lagi agami dina ma panai yasri nai lakhdai janu hola bhana aasha rakhada chu.
    rita

    ReplyDelete
  2. यहाले राष्ट्रीयता को कुरो उठाउनु भएको रहेछ - बडो जटिल सन्दर्भ हो यो .... खै कस्तो रहरहरु पलाउदै जादैछ नेपालीहरुमा कुन्नी ?

    अनि यो तपाईको शंका -शंका मै सिमित रहोस ... किन भने हामीलाई अखण्ड राज्य को खाचो रहेको छ - हरेक नेपाली सचेत हुनु छ |

    राम्रो भावना को लागी - धन्यवाद |

    ReplyDelete