Tuesday, July 28, 2009

भो सङ्घीयता चाहिँदैन नेपालमा

भो सङ्घीयता चाहिँदैन नेपालमा

चरी तिमी गाइरहु डालीमाथिबसी
कुनचाहीँ स्वार्थ लुकेको छ सङ्घीयताको पछि
सोच–बुझ जनताले सङ्घीयता के हो ?
सोच–बुझ जनताले सङ्घीयता के हो ??

नेपाल हाम्रो सयौँ फूलको साझा फुलबारी
सानो–ठूलो छैनौँ कोही सबै बराबरी
तेरो–मेरो भु किन नेपाल हाम्रो हो भनौँ
ठिक छ, छैन सङ्घीयता सच्चा मनले गुनौँ

इतिहासले धिकार्ने छ फेरि गरे भूल
जवरजस्ती नफुलाउ भो नसुहाउने फूल
एकात्मक, विकेन्द्रीकृत राज्य सत्ता राम्रो
गणतन्त्रको सुदृढिकरण यहि चाहाना हाम्रो

तराईलाई ‘कोशोभो’ हुनबाट बचाउँनु छ आज
सिंगो नेपाल ‘भुटान’ होला जोगाउँनु छ आज
सयौँ फूललाई मिलाएर राख्नु पर्ने ठाउँमा
सिङ्गो माला टुक्रायाउँदै छ सङ्घीयताको नाउँमा

नभूलभो चोलो–भोटो भो अर्काको पहिरन
चाहि भो नेपालमा सङ्घीय त्यो शासन
बालुवाको महल जस्तै कोरा त्यो कल्पना
सङ्घीयताले टुक्रिन्छ नि राष्ट्रिय भावना

आज देश बनेको छ, टाँकी फूल भीरको
सङ्घीयता काल–ज्वरो हो सगरमाथा शीरको
सचेत भै स्वविवेकले जनता उठनुपर्छ
मुक–दर्शक नबनेर हामी जुट्नु पर्छ

डाँफेचरी गाउँदैछिन् हिमालमा
कोइली चरी गाउँछिन्् पहाडमा
मैना चरी गाउँदैछिन् तराईमा
भो सङ्घीयता चाहिँदैन नेपालमा

न्याउली चरी रुँदैछिन् पहाडमा
मैनाचरी रुँदै छिन् तराईमा
भो सङ्घीयता चाहिँदैन नेपालमा
भो सङ्घीयता चाहिँदैन नेपालमा

2 comments:

  1. करुण जी सङ्घीयता बिरुद्ध तपाईंका यी अबिरल भाबहरु साचैँ अर्थपूर्ण र मननीय छन। शब्दबाण हरुबाट निकै चोटिलो झटारो हान्नुभएको छ। कामना गरौ हाम्रो प्यारो नेपाल यी सबै दुषित कुराहरुबाट अछुत भई अनन्त सम्म उसरी नै बाँचिरहोस् ..

    ReplyDelete
  2. करुण जी सङ्घीयता बिरुद्ध तपाईंका यी अबिरल भाबहरु साचैँ अर्थपूर्ण र मननीय छन। शब्दबाण हरुबाट निकै चोटिलो झटारो हान्नुभएको छ। कामना गरौ हाम्रो प्यारो नेपाल यी सबै दुषित कुराहरुबाट अछुत भई अनन्त सम्म उसरी नै बाँचिरहोस् ..

    ReplyDelete