Tuesday, June 30, 2009

रक्तिमका गीतहरु


1. देश खान थाले

{देश जान थाल्यो टुक्रा टुक्रा परेर - 2
उठ देश भक्त हातेमालो गरेर - 2} - 2

अहिलेसम्म सामान्तले देश पूरै गाल्यो - 2
त्यही बेलामा बिस्तारबादले देश लिन थाल्यो - 2
सामान्त र बिस्तारबादी सबै हाम्रा बैरी - 2
तिनी बाट नेपाललाई जोगाउने कसरी
देश जान ................

वर्ग दुश्मनसँग थियो हाम्रो युद्ध जारी - 2
त्यो युद्धलाई खतम पान आए नानाथरी - 2
अखण्ड यो हाम्रो देश खण्ड खण्ड पारी - 2
आपस मै लडाउने हुदैछ तयारी
देश जान .....................

नेपाली हो एकजुट भइ उठ फेरी जाग - 2
यो देशलाई बचाउने लडाई मा लाग - 2
वर्गिय लडाई हो हाम्रो मुख्य पेशा - 2
त्यही लडाइले बचाउनेछ प्यारो हाम्रो देश
देशै खान थाले टुक्रा टुक्रा पारेर - 2
उठ देश भक्त हाते मालो गरेर - 2
देशै खान थाले टुक्रा टुक्रा पारेर - 3

समाप्त

2. सुसेली हालेर वनमा

{सुसेली हालेर वनमा नाच्दै गाउदै हिडेको
संझना ताजैछ मनमा गाउमै हाँसेर खेलेको} - 2

{बिदेशको गल्ली गल्लीमा, डुल्दैछु कामको खोजीमा
गाउमै फर्कन खोज्छु, दाम पैसा केही छैन गोजीमा} - 2
सुसेली हालेर ..........

{दिनमा भोक तिर्खा छैन, रातमा निद छैन आँखामा
साथीभाइ डौडदै होलान, गाउघर त्यो भिर पाखामा} -2
सुसेली हालेर ..............

{आँखामा बिरानो ठाउँ, मनमा देशको तस्वीर
छातीमा आँशुको झरी, कल्पना सुखको संसार} -2
सुसेली हालेर .........

समाप्त


3.तिम्रो घरको छानो

{तिम्रो खरको छानो चुहेर पिढीमै आहाल छ
तिम्रो घरको आँगन भत्केर सार्है नै बेहाल छ} - 2
{बिदेशमै डुलेर गैसक्यो जिवन
छैनकि कसो हो घर फर्कने मन} - 2

{यो चिठी दिनुहै उनैको नाउमा
सोध्नु है कहिले आउछन फर्केर गाउमा} -2
{भन्दै ती आँशु झार्दै काम्दै थरथरी
ती तिम्री संगिनी रुन्थिन धरधरी} - 2
तिम्रो खरको ..........

{भोको पेट मेलामा पटुकी कस्दछिन
आधिरातमा ब्यूझेर मझेरीमा बस्दछिन} -2
{बर्षादको झरीमा जागै रातभरी
ती बूढी आमा रुन्थिन धरधरी} -2
तिम्रो खरको .............

{महङ्गी चुलिएर आकाशै छाइसक्यो
देशको सिमा मिचेर बिदेशीले खाइसक्यो} -2
{बिदेशको गल्लीमा तिम्रो त्यो जीवन
गाउघरलाई बिर्सदै फाल्छौ र जीवन} -3

समाप्त


4. कोही साथी
{कोही साथी सागरपारी अरबको खाडीमा
कोही साथी सिठी फुक्दै मलाएको झाडीमा
हत्केलामा ज्यान राखी समुन्द्रको पानीमा -2
के सार्हो आपत यो जिन्दगानीमा -2 } -2

{कहिले हो कहिले हो धमिलो छ सम्झना
धेरै भो छाडेको प्यारो देशको सिमाना} -2
सानो घर थियो पहाडको कुनामा -2
त्यही सानो घर पनि साहुँको ऋणमा
कोही साथी ...........

{जनताको आन्दोलन चल्दैछ रे देशमा
केही खबर आ'छैन कति परे त्यसमा} -2
हामी डुल्दैछौ बिदेशको गल्लीमा -2
हुन्न कि बिदेमै अब अल्झिन
कोही साथी ..........

{क्रान्तिको आगो झन सल्किदैछ देशमा
के बस्नु बिदेशमा यस्तो परिवेशमा} -2
फर्कौ नेपाली आफ्नै देशको माटोमा -2
क्रान्ति फूल फूल्नेछ त्यही बाटोमा
कोही साथी ..........
समाप्त


5. प्रदेशी नेपाली

{प्रदेशी नेपालीको एउटै आवाज
यही हो हाम्रो प्यारो घर यही हो समाज} -2

सिमाना काटी प्रदेश आयौँ
दश हण्डर खायौँ झन दुःख पायौँ
{फर्केर जानलाई छैन दाम पनि
बसेर खानलाई छैन दाम पनि} -2
बिचल्लीमा परेकाले पायौँ आज
यही हो हाम्रो प्यारो घर यही हो समाज -2

दिन र रात पसिनाको धारा
सम्झना आँउछ गाउँ घर सारा
{हुन्नभो चौकिदार जान्छु आफ्नै घर
बिदेशको गल्ली कुर्न छैन केही कर} -2
यही हो हाम्रो रातो झण्डा जुटाउँ हाम्रा हात
यही हो हाम्रो प्यारो घर यहि हो समाज - 2

कार्गिलको हिउँ अरबको खाडी
कहिले हामी भोकै प्यासै जंगल झाडी
{हिड भो हर्के भाइ फर्कौ आफ्नै घर
विदेशको सेवा गर्न हामीलाई के को कर? } - 2
{प्रदेशी नेपाली हो मसाल बोकी आउ
बर्गयुद्ध चर्काउन नेपालमै जाउँ} - 3

समाप्त।

No comments:

Post a Comment