Sunday, June 28, 2009

गजलहरु


1.कसले दिन्छ यहाँ !?

देश डुब्दा आतंकमा कसले हेरी दिन्छु यहाँ
गरीब बस्ती आगो लाग्दा कस्ले निभाइ दिन्छ यहाँ
हुकुम वाजी लागु हुन्छ गरीबमाथि दमन हुन्छ
अन्धकारको काँचुलीलाई कस्ले फेरि दिन्छ यहाँ
भोको पेटमा काम गर्छन, त्यसैमाथि गाली हुन्छ
शोषकका तीखा बाणलाई कस्ले रोकि दिन्छ यहाँ
सयौं जुनी गरीबले पिल्सिएरै बाच्नु पर्ने
यो देशका ठेकेदारलाई कसले ढाली दिन्छ यहाँ
अखण्डता गुमिसक्यो सत्ताधारी चिन्तित छैनन्
नालापानी नेपालमा कस्ले फर्काइ दिन्छ यहाँ
अशान्तिको बिउ रोपे पाइलै पिच्छे काटमार हुन्छ
शान्तिको दिपज्योति कस्ले बालि दिन्छ यहाँ
संघीयताको नारा आयो देशटुक्रि सिद्धिने छ
जाति–जाति बीचको द्वन्द्व कस्ले रोकी दिन्छ यहाँ



2. बन्द गर ! बन्द गर !! बन्द गर !!!


घुसखोरी बन्द गर, भ्रष्टाचार बन्द गर
मान्छेमाथि हुने नाना अत्याचार बन्द गर
सँधै खुल्नु पर्ने देश, बन्द गर्छु भन्छौ किन
बरु सके नेपालीका दु:ख, दर्द बन्द गर

नेपाल नेपाल रहे हुन्छ, स्वीट्जरल्यान्ड त चाहिंदैन
मेलम्ची पो ल्याउँछु भन्थ्यौ, मुख धुनै यहाँ पाइँदैन
वजन नभएका ती फोस्रा गफ बन्द गर
हुति भए अन्धविश्वास, कुरीतिलाई बन्द गर

एकै ढिक्का नेपाल हाम्रो, चिर्छु तिमी नभन है
पीडित हामीलाई अझ, पिर्छु तिमी नभन है
सक्छौ भने सिमा मिचाइ, अतिक्रमण बन्द गर
नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर

बन्द कोठा भित्र बसी,कुरा गर्न बन्द गर
सिमा बेच्न, नदी बेच्न,चेली बेच्न बन्द गर
कुन दिन बेच्छौ सगरमाथा, इमान बेच्न बन्द गर
राष्ट्र प्रेमका चर्का कुरा,लाज लाग्छ, बन्द गर

नेपाल अब खुल्नु पर्छ,बन्द भन्न बन्द गर
नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर


3. किन?


हत्या, हिंसा र अत्याचारको बिगबिगी किन
भष्टचारी नेता आज नेपालमा किन
आफ्नै राष्ट लिलामी भयो धिक्कार्छ यो मन
बिडम्वना गरिबको भूमिमा नेपाल पर्यो किन
बसाइ सराइ जो लेखा कर्मको ठान
इज्जत भन्दा पैसा ठूलो लोभमा मान
फेशनले डाँढा कात्यो नेपालमा किन
हेर्दा पनि लाज लाग्छ पापी यो मन
सपना शहिदको साकार पार्ने मन
रगतको होली खेल्यौ नेपालमा किन

नारी पुरुष एक रथका दुई पाङग्रा मान
दुःख सुख जिन्दगीको उपहार जान
पानी तिर्खा मौसमको चौतारी ठान
जिन्दगीको गोरेटोमा चाहिदो रैछ धन
मिलन बिछोड प्रेमको खेल कस्तो भन
साथ दिन्छु दुःख पर्दा असल साथी ठान
हाँसो आँशु मानिसलाई उपहार किन?
रातो राम्रो गुलियो मिठो मानिसको मन
हावा पानी प्राणीको आधार यो ज्यान
साथ दिन्छु दुःख पर्दा असल साथी ठान


4. फर्केर आउला

फर्केर आउला पक्कै एक दिन
बिहानीले मलाई ढाँटेन भने
सम्झेर आउला तिम्रो मुहार
कतारी रीयलले यो ज्यान साटेन भने
बर्षा त एक दिन होला नि प्यारी
हावाले बादल फाँटेन भने
छिट्टै फर्केस आउछु भनेको छु
कालले निम्तो गाँसेन भने
दुई चार पैसा कमाइ ल्याउँला
कतारको गर्मीले मासेन भने
सुख त तिमीलाई दिउला नी प्यारी
दुःखको पहाड हाँसेन भने
फर्केर आउँला पक्के नी एक दिन
कालले साइनो गाँसेन भने


5. जीवनभरको साथ माग्दा भिखारी पो भएछु


जीवनभरको साथ माग्दा भिखारी पो भएछु
हासोँ साट्ने बानी पर्दा पागल दर्जा पएछु ।।

साथ खोज्नु बेर्थ रहेछ एक्लै बाच्ने संसारमा
नियतीले ठगिदिँदा खोक्रो भएछु ।।

आदम्बरको पर्दा खुल्ने सुइँको पाउँदा पनि
रँङिचँगी फुल्बारीमा भुल्ने भएछु ।।

बसन्तको लालचमा लोभिने मन मेरो
सधैं भरि ओइलाउने शिसिर भएछु ।।

षदयन्त्रको जाल बुनी त्यसै भित्र पस्दा पनि
बेवास्तामा दिन काट्न सक्षम भएछु ।।

साथ सँगै लात हन्ने नगन्ने भएपछि
पिल्पिलाउँदो मुहारबाट हाँसो दिने भएछु ।।

जीवनका अग्ला पर्खाल ढलाउने कोशिष गर्दा
झसङ्ग भई बिउँझिदा अत्तालिएछु ।।

धैरताले साथ दिन्छ अघि बढ्ने पाइलाहरु
दोबाटोमा अल्पत्रै खुट्टा तन्ने साथ पएछु ।।

जीवन भरको साथ माग्दा भिखारी पो भएछु
हाँसो साट्ने बानी पर्दा पागल दर्जा पएछु ।। by संगिता तिमिसिना, इजराएल

6. स्वरले साथ नदिए जस्तो

किन होला जिबनका हरेक् गीतहरु यस्तो
गाउन खोज्दा स्वरले साथ नदिए जस्तो

भन्छन कोही जिन्दगानी कर्कलाको पानीजस्तो
आँफै सँग राख्छु भन्दा नि झरी गए जस्तो

छैन केही उल्लास त्यहाँ, चैत्रको हुरी जस्तो
बसन्त बहारमा पनि सिरिषको तुषारो जस्तो

लाग्छ सारा संसारले साथ छोडी गए जस्तो
कोइलीले गीत गाउँदा पनि बिश्राम गरे जस्तो

मान्छेहरुको भिड्मा परिचय खोजी रहे जस्तो
खुशीहरु खोज्ने क्रममा आँफैलाई रित्याए जस्तो

मुस्कानमा पनि कता कता पिडा लुके जस्तो
तिम्रो नाममा अझै पनि सपना बुनिरहे जस्तो

बिशाल आँफैभित्र भएरनि अस्तित्व नभएे जस्तो
तिमी बिनाको जिबन अन्धकारमा हराएे जस्तो by आशा गुरुङ, इजराएल


7. नखोज्नु है मलाई

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु


8. चिट्ठी लेख है

सातै समुन्द्र तरेर गयौ चिट्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।

बाँसुरी रुन्छ अँधेरी रातमा तिमी पो रोयौ कि
चस्केर दुख्छ बिदिर्ण मेरो मुटु पो छोयौ कि

उडाईदेला सम्झना मेरो त्यो हुरी छेक है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।

फर्केर आउनु सफलता बोकी म कुरी बस्ने छु
प्रितीको माला लिएर तिम्रो मुटुमा पस्ने छु।

नखेलाउ तिमी मनमा ब्यर्थै कुरा अनेक है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।


9. तिमीलाई हर्ने भएँ

तिमीले माया नदिएमा, म त त्यसै मर्ने भएँ
,मरी स्वर्ग कहाँ जान्थेर, नरकमा पर्ने भएँ ।
माया पाउँन भाग्यलाई, दोष दिई बस्नु पर्छ,
सुवासित हुने आशा, नफक्रदै झर्ने भएँ ।
के-के माग्छौ सबै दिन्छु, एक मुठी सास हुन्जेल्,
तिमी मेरो हुने भए, सात सागर तर्ने भएँ ।
थरि थरि बगैंचामा, फूलहरु फुलेका छन्,
सबैलाई नियालेरै, तिमी तिर सर्ने भएँ ।
हेर्न हुन्न कसैले नि, छड्के परि तिमीलाई,
हनुमान भन्दा बढि, त्यो संग म लर्ने भएँ ।
हजारौंको हुल भित्र, तिमी सुन्दर फूल यौटा,
रावणले सिता जस्तै तिमीलाई हर्ने भएँ ।। by यात्री शेखर

No comments:

Post a Comment