Friday, June 26, 2009

साथी का कबिताहरु

1.प्रकाशको पर्दा भित्र
समानताको लागि
वर्ग विहिनताको लागि
उठेका आवाज दबाउन
उस्तै कुरा प्रयोग भैरहेछ।
लाल बुझक्कडहरु दुम्सीको आँखामा
चहकिलो टर्चको प्रकाश परेझैँ
लठ्ठ पारिहेछन्।
भईरहेछन् कुटिल घोषणा
त्यहि हो जुनको सितल उज्यालो
त्यहि हो घामको न्यानो रोशनी
त्यही हो हाम्रो गन्तव्यको
सजिलो र फराकिलो बाटो ।
साथी विचार गर्नु
भुत्रुङले विरालो फकाउन
विरालोकै आवाज निकाल्ने गर्छ ।

साँझमा झ्याउकिरीहरुको आवाजले
बटुवाहरुको पदचाप दमित पारे
हाम्रो आवाज ओझेल रहेछ।
पाईला पाईलामा शोषित छ मान्छे
हरेक पलमा ठगिन्छ मान्छे ।
यहाँका हरेक हल्लाहरुमा प्रतिदिन
गन्तव्य फेरिन्छ
फेरिन्छ केन्द्र
आशा र आस्थाको।
वोईलर कुखुराको चल्लाहरु
एउटा बत्तीको सिमित घेरामा
बन्दी भएका छौँ हामी ।
यो हामी माथि लादिएको
प्रकाशको पर्दा हो
उज्यालोको तगारो हो ।

हाम्रा थिङ्कटैँकहरु देश भित्र
देश जन्माउने धुनमा
पिचरप्लान्टको गुलियोमा
पुतलीहरुसंग´रुम्मिरहेछन्।
हिँजो बाध्यतावश गरिने उसको सेवा
अहिले हरेक नेपालीहरुको रहर बनिरहेछ।
हिँजो युद्धमा हराएर चल्ने उसका लुटपाट
अहिले मित्रताको नाममा चलिरहेछ।
यो स्लो पोईजन
सिङ्गो नेपाल
फक्रिएको फूल भित्रको
माहुरी बन्न सक्छ ।

हाम्रो क्याविनेट जुस दिएर
घुस लिन जानेको छ ।
कहिल्यै नबिग्रने महको नदी
प्राकृतिक कच्चा
मालदाताहरुलाई सुम्पेर
देशको रक्षा गर्न जानेको छ।
सिमानाको चौघेरा भित्र
मात्र देश सुरक्षित हुन्छ।
जहाँ निर्णयको टेबलमा
नेपाली खोलमा
विदेशी मन आसिन हुन्छ।
जहाँ रिमोटबाट
सारा काम सम्पन्न हुन्छ।
हामी किरणहरुबाट प्रताडित छौँ.. Karun Paudel.


2. तिम्रो नजरमा पनि

तिम्रो नजरमा पनि दोषी नै भएर बाँच्नुपर्ने भए
म जिउँदो रहनुको अर्थ छैन ।
तर निरर्थक नै जिउने, बानी लागिसकेछ मलाई
किनकी मलाई आत्महत्या गर्ने आँट छैन !
तिम्रो शहरमै बदनामी कमाउन परे
मेरो अस्तित्वको कुनै महत्व छैन ।
तर अस्तित्वविहिनता नै मन पर्न थालेछ कि ? मलाई
तिम्रो रहरको तगारो त ठानीसक्यौ भने
मैले आफुलाई प्रष्टयाउनुको तुक छैन ।
तर म हुनुको शाश्वततालाई कसोरी वेवास्ता गरूँ म ?
तिम्रो खुशियालीमा डढेलो लगाउने श्रेय मैले नै पाईसकें भने
शितको थोपाले शितलता दिने प्रयत्न गर्नु व्यर्थ छ मैले ।
तर भुतभुतिदैं गरेको हेर्न पनि तिमीलाई, कहाँ सक्छु र म ?
तिम्रो मात्र त खति कहाँ भएको हो र ?
मेरो पनि त त्यत्तिक्कै नोक्सानी भएको छ
तर यो हिसावकिताव गर्ने तिम्रो विवेक, म कोसँग सापटी मागुँ ?
तिमीलाई त आफ्नो छहारी सोचेको थिएँ
तर मैले त मेरो शिर उदाङ्र्रग पाएँ
तिमीलाई त मेरो विश्वास ठानेको थिएँ
तर मेरो त भरोसा नै डगमगाएको पाएँ
लाग्थ्यो, संसारले लखेटे पनि तिम्रो अपनत्व साँचिएको हुनेछ मेरा लागि
आफैंदेखि भागेपनि तिमीले नै जोगाउनेछौं, सँगाल्नेछौ मलाई
तर
तर भत्किए सबै आकांक्षाहरू
च्यातिए ती सम्भावनाहरू
भो, मलाई भ्रमको सान्त्वना चाहिएन
शंशकित चाहना पनि चाहिएन
दोधारे मनोवेदना चाहिएन
ढुलमुले कामना पनि चाहिएन
म त यसै बाँचिदिउँला समयको तरङ्गसँगै, तिम्रो परिदृश्यबाट अोझेल बनि
छालसँगै बगिदिउँला उछिट्टिएर पाखै लागेपनि
मलाई सोध्न नआउनु कस्तो छौ भनि
मल्हम पट्टि नल्याउनु झुक्किएर पनि
by कल्पना भट्टराई, काठमाण्डौ



3. साँधुको राम नाम

बास्तविकताको मात्र कागजी बन्दै
द्रोही भित्रको नाइके जस्तै लालची बन्दै
जनता बिहिन ठालु जस्तै
गरिब देशको स्वार्थी नजरमा बिकाशे आलु जस्तै
पछौटे र गरिब जनताबाट फाइदा लिन
आत्मा बिहिन देह जस्तै
बनाउदै छौ राष्ट्र जस्तै जिर्ण
तत्कालको यथार्थ नीतिमा बाण हान्दै
शिशिरको उर्वरतामा बशन्तको आगमनलाई
जस्तै शिरले जाण तान्दै
तत्कालको परिस्थितिमा अतितको याद आउछ
जसले रष्ट्रको स्वाधिनतामा धक्का पुग्यो
भन्न फेरी लाज लाउछ
बिकाश निर्माणका कार्य मात्रै लत्ताइएन
सामान्तमा अरुप छोरा छाडी
नक्कली सालिक मात्रै लत्ताइएन
राष्ट्रका कर्णदार युवा र विधार्थीहरुको
शैक्षिकतामा हनियो धारिलो बाण त
कम्यूनिष्टको नाममा गरिब र मजदुरलाई सताउदा
आश्चार्य चकित पनि एक छिन संसार त
आशा अनि उन्नतिको निरासतामा
कति कल्कलाउदा युवा मरिसके
उग्रताका ती अतितका नीतिहरु
मात्रै कागजमै सिमित सडी सके
यथार्थमा त देशलाइ झनै पछि लत्याइएछ
मात्रै राष्ट्र होइन आज त देशको
भित्रि स्वाधिनता पनि भत्काइएछ
कम्यूनिष्टहरु हौ सम्झौतामा ध्यान दिन्छौ
दुइ क्षणको खहरे लाम हेरेर
भोली गलत साबित हुन्छ
तर मान्दैनन् जनता नक्कली बोली फेरेर
आफ्नो बोली भरुवाको गोली जस्तै भैसक्यो
ध्यान बिहिन निसानमा लागी गोली नफर्किने
ब्यूझिसके अब त पछौटे पनि
भनौ त
के हामी आजको यथार्थमा नफर्किने?
चाहे संघियताको नामबाट होस
या बिभिन्न क्षेत्रमा खटाइएका संविधान सुझाब
टोलीको कामबाट
या बिना धितो ऋण लिनेको लामबाट होस
आखिर राष्ट्र र जनताको म्यान्डेटबाट
विपरित नै गैसक्यो
साँधु जस्तै राम नामको कोरा जति ओढेपनि
राष्ट्रका लागी आखिर लेण्डुप दोर्जे नै भइसक्यो



4. "एउटा संकल्प"

म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफु हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रीबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ
जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै
फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा
बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।। आशा गुरुङ् इजरायल


5. आमा

आमा तिम्रो त्याग र तपस्या कति निश्छल छ
एउटा सन्तानलाइ हुर्काइ बढाइ गर्नमा
तिम्रा ती नसा नसाको माया कति मिठो छ
दश धनरा दुध खुवाएर हुर्कायौ तर ... तर
मैले दुधको बदला केही दिन सकिन आमा
संसारमा मेरो निम्ती तिमी भन्दा ठूलो
कोही छैन आमा, कोही छैन
तिम्रो न्यानो मायामा हाँसेको खेलेको
म कहाँ बिर्सन सक्छु र आमा?
केही गर्ने उद्यस्य बोकेर हिड्दा
आज म तिमी देखि टाढिएको छु
पूनर्मिलनको आसा लिएर
हो तिम्रो हातले दिएको खाना खान
मलाइ रहर नभएको होइन तर
के गर्नु बाध्यतावश तिमीदेखि टाढिएको छु
समयको खेल भनौ या कर्मको
यस्तै रहेछ यहाँ दुःखीहरुका निम्ती
यस्तै रहेछ यहाँ दुःखीहरुका निम्ती



6. परदेशी बाबा सम्झेर
परदेशी बाबा सम्झेर छोरी रोयौ कि धरर
मेरो नि छाती सम्झेर तिमीलाई चिरिन्छ चरर
छोरी नरोउ न धरर ।
म किन रोउँ बाबाको माया आलै छ छातीमा
दशैंमा आशिष दिनलाई बाबा आए फुलपातीमा
बाबा आए फुलपातीमा ।
तिमी नै यौटी छोरी हौ मेरो जिउंने आधार
मायालु बोली लेखेर पठाउ चिठ्ठीमा सरर
तिमी जिउने आधार।
लेख्ने छु बाबा चिठ्ठीमा मेरो मुटुको मायालाई
परदेशी भई नभुले बाबा गाउँघरको मायालाई
बाबा गाउँघरको मायालाई ।
पाईलामा तिम्रो सफलता अनि मुहारमा जुन छ
बाबाको आशिष सदैब तिम्रो शिरमा हुनेछ
तिम्रो मुहारमा जुन छ ।
अब त फर्की आए है बाबा सम्झेर प्यारो गाउँ
यहाँको बाटो गोरेटोहरुले लिंदैछ तिम्रो नाउँ
बाबा लिंदैछ तिम्रो नाउँ ।


7. बुढी आमा

नेपाली युवा विदेशतिर पलायन हुदैछन्
लाश बोक्ने मान्छे नपाएर आमाहरु रुदैछन्
कोठे बारी जोत्ने र छानो छाउने मान्छे
पाउन छोडेका छन्
ऋणको पीरले विदेशीएका युवाहरु
आउन छाडेका छन्
पाखाबारी पहिरोले दिनानुदिन पुरिदैछ
पल्ला घरको हर्के साहु घर जग्गा लिन सुरिदैछ
घरको छानो कुहिएर चुहिन थालेको छ
बूढी आमाको मन तड्पी तड्पी रुन थालेको छ
बूढी आमा दिसा पिसाबको भलमा डुबेकी छन्
मृत्युसँग भिख माग्दै तिमीलाई मनेकी छन्
घरदेखि लखेटीएर ओडारको बास गर्न थालेकी छन्
छोराको प्रतिक्षामा बाटातिर आश गर्न थालेकी छन्
भाँडामा माकुरीले जालो लाउन थालेको छ
बूढी आमाको दिन दिनै वाक्य आउन छाडेको छ।

1 comment:

  1. fastafal ta aparichit mitra ko tarfa bata namaskar i am routay psycho ab.veass from yakantabasti..............
    ............. I AM ANIL FROM KASKI NEPAL
    SO I REQUEST TO ............
    TAPAI KO BAGLUNG AAILA BIKAT VANNA MILDAINA SO U LAY NEPAL 6ODAY KO DHARAI YEAR VAYAKO GASTHO LAGHO HO MAILA MAHASUS GARHAY U R SO HEALTHY AND EDUCATIEDE PERSON HONU PARCHA U GASTHO PERSON HARHU AAILA NEPAL LAI AABASAK PARAY KO 6 TAPAI HURU GASTHO EDUCATIONAL ,SIP VAYAKO PERSON LA AAFNAI CONTRY ANI AAFU LAY KHALAY KO SATHI SANGAI VAYAKO TATHA TATHA KHALAY KO PLACE KO DEVELOPED KO LAGI VAYAPANI NEPAL MA NAI WORK GARNU PAR6 BEC LIFE IS ENDING PROCESS BUT EDUCATIONAL PERSON IS NEVER ENDING PROCESS ................... TAPAI NEPAL MA BASARA WORK GARNU HOS AAFU LAY KE GARNUHOS RA AARU LAI PANI KE GARNA HAUSALA PARDHAN GARDINU HOS THUS , ............. DON,T MINE EACHOTHER BECAUSE EVERYTHING WAS ALREADY DEAD { FROM YAKANTABASTI]

    ReplyDelete