Monday, August 31, 2009

एकताको सन्देश

एकताको सन्देश

एउटा सन्देश यो छ
मेरो प्रगतीशील जातिलाई
सभ्य–सुन्दर बनाउँ
तिमी तिम्रो बारीलाई
जातीय, वर्गीय,
लैङ्गिक भेदवाव हटाउँदै
तिमी अघि बढ्दैजाउ
हिम्मत बढाउँदै
सबै भेदभाव हटोस भे भए
सबको चाहना
प्रगतिशील तिम्रा पथलाई
शुभकामना
एकताको सन्देश यो छ मेरो
चेतनशील जातिलाई
टुक्रा–टुक्रा ब नदेउ
सिङ्गो बारीलाई
ठूला हल्ला चलेको छ आज
गाउँ–गाउँमा
सिङ्गो देश टुक्रयाइँदैछ
सङ्घको नाउँमा
सबै जाति मिली गाउँ–वस्ति
पाखा, पर्वत ब्युँझाइदेउ
सङ्घीयताले देश टुक्रिन्छ
सबलाई बुझाइदेउ
एउटा सन्देश यो छ मेरो
समाजवादी वर्गलाई
चेतनाले सजाउ तिमी
आफ्नो बारीलाई
आज पनि देशभित्र हत्या,
हिंसा जारी छ
देष कहिले उँभो लाग्ने ?
ऋणको भारी छ
संसारका श्रमजीवी
एकजुट भएर
देशलाई माथि उठाउनुछ सबले
योगदान दिएर
एउटा सन्देश यो छ मेरो
राश्ट्रप्रेमीहरूलाई
पराईको दृश्टि लाग्न नदेउ
तिम्रो बारीलाई
कहिले पूर्व लुछिन्छ त
कहिले पष्चिम मिचिन्छ
यस्तै चाल चलिरहे
देश नै सिद्धिन्छ
आजै सचेत बनौँ
भन्छ मेरो चित्तले
एउटा सन्देश यो छ मेरो
अपनाउँ आफ्नै भेषलाई
विकृतिमा फस्न नदिउँ
आफ्नो देशलाई
आज देशमा बढेको
छाडा पष्चिमी विकृति
आफ्नै चोलो भोटो राम्रो,
आफ्नै संस्कृति
आएको छ आज किन
फाटो जाति–जातिमा
एकताको फूल फुलाऔँ
आफ्नै बारीमा

5 comments:

  1. धेरै राम्रो प्रयास करुण जी, खुशी लाग्यो तपाईंको ब्लगमा पाईला राख्न पाउँदा आगमी दिनहरुमा पनि रमाईला रमाईला खुराकहरु पढ्न पाउँ धन्यबाद।

    ReplyDelete
  2. धेरै राम्रो प्रयास करुण जी, खुशी लाग्यो तपाईंको ब्लगमा पाईला राख्न पाउँदा आगमी दिनहरुमा पनि रमाईला रमाईला खुराकहरु पढ्न पाउँ धन्यबाद।

    ReplyDelete
  3. B.J. Bantawa jee Namaskar,
    Aafno byashta shamayaka baabjut pani mero Blogma bhraman gari comments dinu bhayakoma hridaya dekhinai aabhar prakat gareko chhu sweekari dinu hola. Hajurka shujhab shiropar gareko chhu, herun kati shafal huna shakchhu. Plzzzz feri feri pani bhraman gardai garnu hola hai.

    ReplyDelete
  4. करुण जी तपाईंको सन्देश वास्तबमै बिचार णीय छ आजको सन्दर्भमा अति नै उपयुक्त महसुस गरेँ ।

    तर एउटा कुरा भनौ है करुण जी अन्यथा नसम्झिनु होला,व्याकरण शुद्धिकरणमा अलिक ध्यान पुर्‍याउनु भए सुनमा सुगन्ध मिल्थ्यो होला हुन त मेरो पनि उस्तै समस्या छ म पनि प्रयास गर्दैछु ।

    ReplyDelete
  5. Thank you Asha jee,
    Maile yashto jaani jaani lekheko hun, shathi harubaat kashto comment aaudo rahechha bhanera. Aba chenge garchhu hai. Thanks you very much once againa.

    ReplyDelete