Monday, August 17, 2009

गजल

नेपाली के चाहन्छन्?


एकात्मक व्यवस्था स्थानीय स्वशासन नेपाली चाहन्छन्
सम्पूर्ण नेपाल एकशूत्रमा गाँस्न नेपाली चाहन्छन्

केन्द्रिकृत एकात्मक हटोस् विकेन्द्रीकृत एकात्मक होस्
आन्दोलनको म्याण्डेड नेताले नमासन नेपाली चाहन्छन्

सम्झौता गरेर छाडे सेती, काली, कर्णाली, गण्डकी र राप्ती
नबनोस् प्रमको कुर्ची सम्झौताको आसन नेपाली चाहन्छन्

कहिले खडेरी कहिले असिनो महंगीले झन शिखर छोयो
पाइयोस् सस्तो र सुलभमा रासन नेपाली चाहन्छन्

नेपालीका नेता हुन्छन् विदेशीको गर्छन दलाली यिनले
सुन्दर नेपालको मायाँ मुटुमा टाँस्न नेपाली चाहन्छन्

दण्डहिनता हटोस् भ्रष्टाचार र रोकियोस् अत्याचार सकियोस्
हर्षले सहिदका सालिक पनि हाँस्न नेपाली चाहन्छन्।

1 comment:

  1. सबैले आफु के चाहन्छु भन्ने मात्र सोच्ने जमानामा सारा नेपालीले के के चाहँदा रहेछन भन्ने चियोचर्चो गर्नु सह्रानीय काम हो |

    तर यो गजल (?) लाई गजल बनाउन भने केहि श्रम खर्चिनु पर्ने देखें |

    ReplyDelete