Saturday, June 26, 2010

राष्ट्रियता र संघीयता - सागर कुवँर

ईतिहासदेखि वर्तमानसम्म नेपालमा मात्र नभएर विश्वमा नै राजनितिक, सामाजिक, सास्कृतिक, आर्थिक लगायत विभिन्न प्रकारका आन्दोलनहरू चल्दै आएका छन्। विश्व ईतिहासको अगाडि नेपालको राजनीतिक तथा अन्य सबै प्रकारका आन्दोलनहरू कान्छा छन्। तर नेपालमा भएका राजनीतिक आन्दोलनहरू संसारलाई नै धक्का दिने खालका छन्। यो विश्व मानवसमाजलाई नै धक्का दिएका आन्दोलनका उपलब्धिहरूलाई सही ढंगले प्रयोग र रक्षा गर्न नसक्ने नेपालको सत्ता संचालन गरेर हिंडेका नेपालका नेताहरूका अदुरदर्शी निर्णय र असक्षमताको कारण वर्तमान अवस्थामा नेपाल भीरको डिलमा पुगेको छ जून ईतिहासको घडीमा गम्भिर मोडमा पुगेको छ।
नेपालको वामपन्थि तथा प्रजातान्त्रिक आन्दोलनहरू सधै नै सम्झौतामा गएर टु168िएका छन् जसले देशलाई गम्भिर असर पारिरहेको छ। वर्तमान अवस्थामा नेपाल साम्रज्यवाद र विस्तारवादको युद्ध स्थान वन्नको लागी आधार स्थल वन्दै गईरहेको कुरा नेपालका राजनितिक दल तथा नेताहरूलाई थाहा नभएको होइन तर इतिहासको मजाक, आज देशको राष्ट्रियता नै गम्भिर संकटमा परेको छ जुन ईतिहासको नै भयाना संकट हो। अमेरीकी साम्राज्यवादबाट आयतित जातिय नारा र भारातीय विस्तारवादबाट आएको संधीयताले आज नेपालको सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई नव औपनिवेशिक मुलुकमा रूपान्तरण गर्न लागेको यो दृ्श्य नेपाली आमाका सन्तानहरूले हेरेर बस्नु परेको छ। नेपालमा संघीयता नेपाली जनताको चाहाना र इच्छा अनि नेपाल राष्ट्रको आवाश्यकताले नभई भारातीय विस्तारवादको स्वार्थको लागी आएको हो भन्ने कुरा प्रस्ट छ। जव तराईमा जन्मको आधारमा लाखौं भारातीयले नेपाली नागरीकता प्राप्त गरे त्यस पछाडि जनसंख्याको आधारमा चुनावी क्षेत्र निर्धारणसँगै संघीयता आएको हो जुन भारातिय विस्तारवादको डिजाईनमा वा नेपाललाई भारातीय संधमा मिलाउने योजना अनुसार आएको हो। नेपालको लागी संघीयता चाहिएको भए त ०६२ ६३ को ऐतिहासिक विश्व थर्काउने आन्दोलनमा कीनंंं? घीयताको नारा सुनिएन?
नेपालको वामपन्थी कम्युनिष्ट आन्दोलनमा अहिलेको एकीकृत माओवादीले श्रीलङकाको तमिलहरू को जातिय आन्दोलनलाई सर्मथन गरे पछाडि नेपालको कम्युष्निट आन्दोलनमा पृथकतावादी साम्प्रादायिकतावादी चिन्तनहरू हावी हुदै आए र आज देश साम्प्रदायिकतावादको खाल्डोमा फसिरहेको छ। त्यसैगरि प्रजातान्त्रिक आन्दोलनमा जीवन नै आहुति दिएका भनिनहरू पनि यही बिखन्डनबादि बाटोमा हिडेर देश नै बर्बाद पार्न खोज्नु ईतिहाँसको मजाक नै भनौ। विभिन्न खालका जातीय संघसंस्था, एनजिओ, आएनजिओहरू लगाएत साम्प्रदायिक पार्टीले संघीयतालाई ओकेलेर साम्प्रादायिकवादलाई मलजल गरीरहेको अवस्थामा, हाम्रो देशमा १० बर्ष सम्म नयाँ जनवादी राज्य ब्यवस्थाको लागी कथित जनयुद्ध गरेको माओवादी पार्टीले नै त्यही (साम्प्रादायिक) बाटोमा अगाडी बढेको छ, जसले देशमा राष्ट्रिय संकट पैदा गरेको छ। सामान्तवादको नईके राजतन्त्रको अन्त्य भए पनि सामन्तवादी उत्पादन प्रणाली, सामान्तवादी संस्कृती कायम छ। तमाम शोशित पिडित मजदुर किसानहरू सामन्तवादी उत्पादन प्रणाली वाट पिडित छन। क्रन्तिकारी कम्युन्ष्टि आन्दोलन रक्षात्मक अवस्थामा छ। देशमा गणतन्त्रको बच्चा जन्मेको छ, यो देशको संक्रमणकालिन अवस्थामा गणतन्त्रको सृदृढ, राष्ट्रियताको रक्षा, अग्रागमी संम्वीधानको निर्माण गर्दै अग्रगमनको बाटोमा हिंडनु पर्ने समयमा नेपाली राजनीतिक रंगमंच पूर्ण रूपमा साम्रज्यवाद र विस्तारवादको सेवा गर्नको लागी आपासी लडाईमा छ। यो दुखदायि अवस्थामा नेपाली आमाको कन्चटमा गोली हान्नको लागी संघीयता आएको छ जुन नेपाली राष्ट्रियता माथिको इतिहाँसकै गम्भिर र भयानाक हमला हो।
आज देशमा सामान्ति केन्दि्रकृत शाशनप्रणलीलाई अन्त गरी प्रजातान्त्रिक विकेन्दि्रकरणमा आघारीत स्थानिय स्वशाशन सहिको एकात्मक शाशन ब्यवस्थाको स्थापना गर्ने, गणतन्त्रको सृदृढीकरण गर्ने, राष्ट्रियताको रक्षा गर्ने र संघीयतालाई खारेज गर्नु नेपाली जनताको प्रमुख कार्यभार भएको छ। तर देशका ठूला पार्टीहरू सत्ताको लागी नै लडाई गरेका छन्। आज जसरी संघीयताको आवाज आएको छ त्यो एक्लै आएको छैन जसमा (संघीयतामा) एक मधेश एक प्रदेश, आत्मर्णियको अघिकार सहितको जातिय राज्य सँग जोडिएर आएको छ। तर नेपाल वहुजातिय, वहुभाषिक, वहुधार्मिक तथा वहुसास्कृतीक अखन्ड नेपालको रूपमा रहदै आएको छ। १०३ जाति रहेको रहेको नेपालमा अव संघीयताले हित गर्दैन भन्ने कुरा ब्यबाहारीक रूपमा संघीयतामा प्रवेश नगर्दै प्रस्ट भएको छ। देशका विभिन्न ठाउहरूमा भएका जातिजाति विचको लडाईले पनि नेपालमा संघीयता ठिक छैन भन्ने सन्देश दिएको छ भने एक मधेश एक प्रंदेशका विरूद्धको वुलन्द आवाजले पनि।
नेपाली जनताले ६० बर्ष सम्म गरेको लगतार संर्घषको फल संविधान सभा मार्फत नयाँ संविधानको निर्माण, वैज्ञानिक तरीकाले (प्रजातान्त्रिक विकेन्दि्रकरणमा आघारीत स्थानिय स्वशाशन सहिको एकात्मक शाशन ब्यवस्थाको स्थापना) राज्यको पुर्नसंरचना गरी नयाँ नेपाल को निर्माण गर्नु पर्ने आवश्यकताका विरूद्ध जुन प्रकारको जातिवादी, क्षेत्रियतावादी, साम्प्रदायिकवादी र विखन्डनवादी चिन्तन र आन्दोलन उठेको छ यो साम्प्रदायिकतावाद नेपाली जनताले ६० बर्ष सम्म गरेको लगतार संर्घष गरेर आएको संविधान सभाका विरूद्धमा छ। संविधान निर्माणको विषयलाई प्राथमिकतामा राखेर समयमा नै संविधान निर्माण गरेर देशलाई अग्रगामी निकासको बाटो दिनु बाहेक अर्को विकल्प छैन। र अर्को पक्षलाई ध्यान दिदाँ संविधान सभाले नै देशलाई विखन्डनको दिशा मा लग्यो भने भोलीको नयाँ ईतिहाँसले यो संविधान सभाको ईतिहाँसलाइ माफी दिने छैन। संविधानसभावाट नै देश विखन्डन हुने प्रणाली (संधीयता) स्वीकृत भयो भने त यसको औचित्ता नै के हो? प्रश्न गम्भिर भएर उठेको छ। एउटा नेपाल चल्नको लागी त आज बिदेशीहरूको सहयोग बिना असम्भव जस्तै भएको छ, अब कसरी चल्न सक्छन १५/२० वटा नेपाल? त्यो पनि भिभिन्न जातजातिहरूलाई राज्यको विला लगाएर। सदियौदेखि शोषण, अन्याय, अत्याचार र थिचोमिचोमा परेकाहरूलाई त राज्य होइन अधिकार चाहिएको हो। राज्य बाँडेर कसरी मुक्ति हुन्छ शोशित पिडितको? यो त शोशणमा परेका जनतालाई झन शोशण गर्ने शाशन ब्यवस्था हो।
मुलुकको चेहेरा खतरनाक रूपमा आएको छ। साम्राज्यवादी र विखन्डनवादीले नेपालको वामपन्थि कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नको लागी नै जातिय युद्ध र संघीयता नेपालमा थोपरेका छन जसले नेपाली आमालाई पहिला विला लगाउने र अन्त मा समाप्त पार्ने छ छ। संघीयता नेपालमा पिछडिएको वर्ग, जातजाति, जनजाति, मजदुर किसानहरूको विरद्धमा छ। आज जुन जातिय आधारमा संघीयता लागू गरीन्छ भोली त्यो जाति वा जनजाति को भविष्य र्नै अन्धकारमा रूमलीने छ। त्यसैले आज देशमा संघीयता विरूद्धको लडाइ भारातिय विस्तावाद र अमेरीकी समाम्राज्यवाद विरूद्धको लडाई हो, राष्ट्रिय स्वाधिनताको लडाई हो। त्यसैले सम्पुर्ण नेपाली जनताहरू संघीयताको निर्णय खारेज गराउन हातमा हात मिलाएर राष्ट वचाउन एक होऔं। सबैको भविष्य सुन्श्चित गरौं। सम्पुर्ण बिद्यार्थीहरू एक होऔं, राष्ट्र बचाउने अभियानमा लागौ।

No comments:

Post a Comment