Saturday, June 26, 2010

तिम्रो असफल प्रयत्न

शायद निसंकोच खिस्स हाँस्दा हौ
ठूलो जमातको हुलभित्रबाट
सानो तर कसिलो आवाज सुनेर
र भन्दा हौ कठैबरा !?
शायद निस्पि्कक्री अचम्म मान्दा हौ !
जान अन्जान भेल बनी बगिरहँदा
ऊ एक्लै भेललाई नै रोक्न खोज्दा
शायद अर्धमनलेे बेवास्ता गर्दा हौ!
उसका आन्दोलन र विचारलाई
राष्ट्रिय अखन्डताका लक्षणहरूलाई
र ठान्दा हौ के को चित्त दुखाई
चाहे हाँसोमा उडाऊ
या प्रतिगामीको बिल्ला भिराऊ
चाहे बेमौसमी बाजा ठान
या त अल्पमतको संज्ञा देऊ
उसका माग र नारालाई
तर हेर्दै जाऊ
कसरी मजबुत बन्दैछ ।
उनीहरूको मोर्चा कसरी बुलन्द हुँदैछन्
राष्ट्रियता र एकताका स्वरहरू
साँच्चै कति दुरदर्शी छन्
उसका विचारहरू
तर पनि तिमी जबरजस्ती लाद्न खोज्दैछौ ।
तर याद राख, इतिहास साक्षी बन्ने छ
जनता आँधी बेहरी बनेर उठ्ने छन्
तिमी असफल हुनेछौं ।
तिम्रो संघीयता पराजित हुनेछ
तिम्रो संघीयता असफल हुनेछ ।

No comments:

Post a Comment