Friday, January 1, 2010

गजल

क्षितिजको लाली सँगै विहानीमा म आउने छु
अन्धकारको त्यो आकाशमा जुन बनेर उदाउने छु

संघीयताको विरुद्धमा तिमी अघि बढ्दै जाऊ
राताराता झण्डा बोकी साथ दिन म आउने छु

गाउँ शहर गल्लीगल्ली बिगुल फुक्दै
चारैतिर चेतनाका गीतहरु सधैभरी म गाउने छु

मातृभूमि नेपाल मेरो बचाउनु छ देशको सान
मेरो देशमा आँखा गाड्ने सबलाई पाखा म लाउने छु

हिमाल, पहाड, तराई कोही छैन पराई
संघीयता विरुद्धका सधै नारा घन्काउने छु

मेरो देश नेपाललाई सिक्किम जस्तो हुन दिन्न
हुरी बतास छेक्दै मसाल चारैतिर दन्काउने छु

संघीयता चाहिंदैन देश टुक्राउन पाइँदैन
अखण्ड यो नेपालको सधै झण्डा फहराउने छु

No comments:

Post a Comment