Tuesday, December 15, 2009

नेपाल आमाको पुकार

कृषिमा निर्भर छु म सन्तान पनि किसान
प्रजातन्त्रमा विश्वास गर्छु म चाहन्छु स्वतन्त्र बन्न
पुर्ण प्रजातन्त्रको नाममा ल्यायौ गणतन्त्र तर अपुर्ण
जनताको अधिनायकत्व विनाको सत्तामा हुदैन प्रजातन्त्र पुर्ण
अधिकारको नाममा टुक्रयाउछौ किन मलाई
जातिय स्वतन्त्रताको नाममा दिन्छौ अधिकार को कसलाई
सृष्टि सबैको एउटै कोखबाट
जातभात र भाष जाल बुन्यौ त्यहीबाट ॥

जातियता र भाषाको आधारमा नफुटाउ कसैलाई
समान अधिकार चाहन्छु सन्तान सबैलाई
अधिाकार दिने नाममा गर्दैछौ किन पक्षपात
प्रतिशत कमलाई गर्दैछौ अन्तरघात ॥
एक्काइसौ सताव्दीमा आइपुग्दा पनि जातिय स्वतन्त्रताको कुरा गर्दैछौ किन?
एकले अर्कोको अस्तित्व अस्वीकार गर्ने कानुन बनाउछौ आज किन?
हासो र खुशिको लागि सृष्टि गरेकी सबैलाई
हत्या र आतंक गर्न अधिकार छैन कसैलाई ॥

दलगत स्वार्थ र कुर्चिको लागि झुटो बोल्दैछौ किन
सङघीयताले जातिय मुक्ति सक्तैन दिन
जातिय होईन बर्गिय विभेदको ठुलो छ आज खाडल
मान्छे मान्छेलाई लाडाउने यही कालो बादल ॥
नागरिक सर्वोच्चता र राष्टपति प्रकरण भनि
ढिपी किन सफल हुदैन घाटा छ तिमिलाई नी
जनता लाडाई भइदैन कहिल्यै हिरो
कुर्चिको खेलमा हात पर्ला जिरो ॥

जात र जाति भाषा र भाषी
एउटै कोखका सन्तान तिमी
नपार अलग वल्लो र पल्लो किरात भिन
नफुटाउ शक्ति लाचार बनि कहिल्यै
तराई मधेश पहाड हिमाल
एउटै हो शरिर पाखा र दलदल
बर्गिय समाजमा भईरहन्छ टक्कर
आफैलाई छाम कहि छ नरम कहि छ पत्थर ॥
ठुलो र सानो जातले होइन उमेरले हुन्छ
बर्गिय क्रान्तिले मात्र समानता ल्याउछ
असफल हुदैछन सङघीय राज्य
अपवादको रुपमा देखिन्छन केही राम्रा आज ॥

उन्नाइस सौ साठीको चिनलाई हेर
जातपात र बर्ग समान थ्यो त्याहाँ नेर
त्यो भन्दा पहिलेको रुस पनि हेर
दुश्मको जार शाषण गएको खेर ॥
जर्मनको हिटलर धारा साही भएको
जात र बर्ग भेदभाव नरहेको
इतिहाँस साक्षी राखेर भन
सङघीयताको नाराले विभेद दिदैछ दिनदिन ॥
धनी छु म प्रकृतिक सम्पदा
जादैछन खेरा कारखाना नहुदा
बेरोजगारी बढ्दै छ दिनदिन
दुश्मनले आखा लाउदै छन छिनछिन ॥

विदेशि रिणमा मलाई किन बन्दकी
कसरी चल्ला सन्तानको जीन्दगी
शरिरको कुनै ठाउँ छैन खाली
बिस्तारवादले खादै छ सक्ति ॥
सङघीयता मलाई सुहाउदैन आज
बिखण्डन किन गर्दै छौ राज्य
अधिकार केन्द्रित एकात्मकको ठाउँमा
स्थानिय स्वयत्तताको एकात्मक ल्याउँन ॥

आवश्यक परे ज्यान देउ मलाई
सङघीय राज्यले फाप्यो र कलाई
हातको चुरालाई ऐना नलगाऊ
सङघीय विरोधी आन्दोलन चर्काऊ ॥

No comments:

Post a Comment