1.चिर्न नदिउँ हाम्रो मुटुलाई
किन गोड्दैछौं हामी
सभ्यताका बीजहरू
किन छर्दैछौं हामी
विकृतिका फिंजहरू
हामी भत्काउन जान्यौं
तर
कहिल्यै जानेनौं निर्माण गर्न
हामी तोड्न जान्यौं
तर
कहिल्यै जोड्न जानेनौं
हामी सधै सधै रोयौं
केवल आफ्नो निम्ति
तर
कहिल्यै रोएनौं अरूका निम्ति
न अरूको दुःखमा रून सिक्यौं
न अरूको सुखमा हाँस्न सिक्यौं
बीरताको इतिहासले रंगिएको
यो देशको माटो
कसको साहसले बाँच्यो?
कसको बहादुरीमा फुल्यो?
यो देशको माटो सुँघेर हेर
यो देशको माटो नियालेर हेर
जहाँ गन्ध आउँछ
बलभद्र, अमरसिंह र भक्ति थापाको रगत
जहाँ देखिनेछन्
देशको निम्ति बली भएका
हजारौं आदरणीय सहीदका तस्वीरहरू
हाम्रा पुर्खाको पौरखमा
आर्जेको यो देशलाई
किन चिर्दैछौं हामी
भागवण्डा लगाएर
जातजातिको नाममा
किन फोर्दैछौं हामी
एउटा सिंगो देश
किन जन्माउँदैछौं हामी
व्यर्थमा द्वन्द्वका बीजहरू
माटो
जो कहिल्यै खण्डित हुँदैन
माटो
जसको कुनै मोल हुँदैन
माटो
जो ज्यादै शक्तिशाली हुन्छ
माटोकै निम्ति
माटोकै निम्ति जन्मिए
हिरोसिमा र नागासाकीहरू
माटोकै निम्ति जन्मिए
सहीदका जुलुसहरू
माटोकै निम्ति च्यातिए
हजारौं मान्छेका खुशीहरू
माटोकै निम्ति खर्चिए
असंख्य अस्त्रहरू
त्यसैले
माटो अमूल्य हुन्छ
माटोको कुनै जात हुँदैन
माटोको कुनै वर्ग हुँदैन
माटोको कुनै धर्म हुँदैन
माटोको कुनै रंग हँुदैन
माटो हामी सबैको हो
माटो हाम्रो साझा सम्पत्ति हो
त्यसैले
भत्किन नदिऔं हाम्रो सभ्यतालाई
टुक्रिन नदिऔं हाम्रो आत्मीयतालाई
चिर्न नदिऔं हामी हाम्रो मुटुलाई
होचिन नदिऔं हाम्रो सगरमाथालाई
2.प्रकाशको पर्दा भित्र
समानताको लागि
वर्ग विहिनताको लागि
उठेका आवाज दबाउन
उस्तै कुरा प्रयोग भैरहेछ।
लाल बुझक्कडहरु दुम्सीको आँखामा
चहकिलो टर्चको प्रकाश परेझैँ
लठ्ठ पारिहेछन्।
भईरहेछन् कुटिल घोषणा
त्यहि हो जुनको सितल उज्यालो
त्यहि हो घामको न्यानो रोशनी
त्यही हो हाम्रो गन्तव्यको
सजिलो र फराकिलो बाटो ।
साथी विचार गर्नु
भुत्रुङले विरालो फकाउन
विरालोकै आवाज निकाल्ने गर्छ ।
साँझमा झ्याउकिरीहरुको आवाजले
बटुवाहरुको पदचाप दमित पारे
हाम्रो आवाज ओझेल रहेछ।
पाईला पाईलामा शोषित छ मान्छे
हरेक पलमा ठगिन्छ मान्छे ।
यहाँका हरेक हल्लाहरुमा प्रतिदिन
गन्तव्य फेरिन्छ
फेरिन्छ केन्द्र
आशा र आस्थाको।
वोईलर कुखुराको चल्लाहरु
एउटा बत्तीको सिमित घेरामा
बन्दी भएका छौँ हामी ।
यो हामी माथि लादिएको
प्रकाशको पर्दा हो
उज्यालोको तगारो हो ।
हाम्रा थिङ्कटैँकहरु
देश भित्र देश जन्माउने धुनमा
पिचरप्लान्टको गुलियोमा
पुतलीहरुसंग´रुम्मिरहेछन्।
हिँजो बाध्यतावश गरिने उसको सेवा
अहिले हरेक नेपालीहरुको रहर बनिरहेछ।
हिँजो युद्धमा हराएर चल्ने उसका लुटपाट
अहिले मित्रताको नाममा चलिरहेछ।
यो स्लो पोईजन
सिङ्गो नेपाल
फक्रिएको फूल भित्रको
माहुरी बन्न सक्छ ।
हाम्रो क्याविनेट जुस दिएर
घुस लिन जानेको छ ।
कहिल्यै नबिग्रने महको नदी
प्राकृतिक कच्चा माल
दाताहरुलाई सुम्पेर
देशको रक्षा गर्न जानेको छ।
सिमानाको चौघेरा भित्र मात्र
देश सुरक्षित हुन्छ।
जहाँ निर्णयको टेबलमा
नेपाली खोलमा
विदेशी मन आसिन हुन्छ।
जहाँ रिमोटबाट
सारा काम सम्पन्न हुन्छ।
हामी किरणहरुबाट प्रताडित छौँ..
3. भो सङ्घीयता चाहिँदैन नेपालमा
चरी तिमी गाइरहु डालीमाथि
बसीकुनचाहीँ स्वार्थ लुकेको छ सङ्घीयताको पछि
सोच–बुझ जनताले सङ्घीयता के हो ?
सोच–बुझ जनताले सङ्घीयता के हो ??
नेपाल हाम्रो सयौँ फूलको साझा फुलबारी
सानो–ठूलो छैनौँ कोही सबै बराबरी
तेरो–मेरो भु किन नेपाल हाम्रो हो भनौँ
ठिक छ, छैन सङ्घीयता सच्चा मनले गुनौँ
इतिहासले धिकार्ने छ फेरि गरे भूल
जवरजस्ती नफुलाउ भो नसुहाउने फूल
एकात्मक, विकेन्द्रीकृत राज्य सत्ता राम्रो
गणतन्त्रको सुदृढिकरण यहि चाहाना हाम्रो
तराईलाई ‘कोशोभो’ हुनबाट बचाउँनु छ आज
सिंगो नेपाल ‘भुटान’ होला जोगाउँनु छ आज
सयौँ फूललाई मिलाएर राख्नु पर्ने ठाउँमा
सिङ्गो माला टुक्रायाउँदै छ सङ्घीयताको नाउँमा
नभूलभो चोलो–भोटो भो अर्काको पहिरन
चाहि भो नेपालमा सङ्घीय त्यो शासन
बालुवाको महल जस्तै कोरा त्यो कल्पना
सङ्घीयताले टुक्रिन्छ नि राष्ट्रिय भावना
आज देश बनेको छ, टाँकी फूल भीरको
सङ्घीयता काल–ज्वरो हो सगरमाथा शीरको
सचेत भै स्वविवेकले जनता उठनुपर्छ
मुक–दर्शक नबनेर हामी जुट्नु पर्छ
डाँफेचरी गाउँदैछिन् हिमालमा
कोइली चरी गाउँछिन्् पहाडमा
मैना चरी गाउँदैछिन् तराईमा
भो सङ्घीयता चाहिँदैन नेपालमा
न्याउली चरी रुँदैछिन् पहाडमा
मैनाचरी रुँदै छिन् तराईमा
भो सङ्घीयता चाहिँदैन नेपालमा
भो सङ्घीयता चाहिँदैन नेपालमा
4. उस्तै छन् दुखाईहरू
कस्तो हुन्छ नयाँ नेपाल
म मेरो देशको मुहारमा खोजिरहेछु
नयाँ नेपालको तस्वीर
तर मेरा नजरभरी देखिन्छन्
उनै पुराना कुरूप चित्रहरू
टायर बलेका काला सडकहरू
कानभरी गुञ्जिन्छन्
बिरोधका चर्का स्वरहरू
खै कहाँ छ नयाँ नेपाल
म मेरो देशको
भिजेका परेलीहरूमा खोजिरहेछु
च्यातिएका भोटोहरूमा खोजिरहेछु
तर रोकिएका छैनन् आँसुहरू
टालिएका छैनन् भोटोहरू
म खोजिरहेछु नयाँ नेपाल
सिउँदो पुछिएको उदास चेहरामा
आफन्त हराएको पीडामा
तर उस्तै छन् चिरिएका छातीहरू
उस्तै छन् टुक्रिएका मुटुहरू
म खोजिरहेछु नयाँ नेपाल
भरिया दाइइको पसिनामा
ज्यामी दाईको हत्केलामा
तर उस्तै छन् अभाव र पीडाहरू
उस्तै छन् चिहान् बनेका इच्छाहरू
म खोजिरहेछु नयाँ नेपाल
अत्याचारल ताछिएका घाउहरूमा
सदियौंदेखिका बलात्कृत मनहरूमा
तर उस्तै छन् सकुनी पासाहरू
उस्तै छन् आर्तनाद चित्कारहरू
म खोजिरहेछु नयाँ नेपाल
सहीदका सपनाहरूमा
सहीदका भावनाहरूमा
तर उस्तै छन् यो देशका दुखाईहरू
उस्तै छन् रत्ताम्मे घाउहरू
केवल फेरिएका छन् शब्दहरू
फेरिएका छन् मान्छेहरू
तर फेरिएनन् अनुभूतिहरू
फेरिएनन् जीवनको रंगहरू
उस्तै छन् दुखाईहरू
5. लेण्डुप दोर्जेको पुनर्जन्म
सिक्किमको लेण्डुप दोर्जे
मरेर गए पनि
सयौँ दोर्जेको पुनर्जन्म
भइरहेछ नेपालभित्र
धोती–कुर्तार् र टाईको
अभ्यास भइरहेको छ
भादगाउँले टोपी, दौरा,
सुरुवालको भेषभित्र
खोजिरहेछन् बेल्जियम र
इथियोपियाको तस्विर
मलिन हिमाल,
दारुण पहाड
पिरोलिएको तराईभित्र
लज्जित भएको छ
नेपाली स्वाभिमान गौरव
हिन्दी भाषा बोलिरहेछ,
मैथिली र मधेसीको खोलभित्र
दिल्लीको तराजु काँटामा जोखिँदैछ
सिङ्गो नेपालको
राष्ट्रिय अखण्डता
राज्यद्वारा डामिएको
तराईको डाह
आगोले सेकेर
शितल पार्न खोजिएको छ
चर्किएका प्वाल भर्ने बहानामा
सिङ्गोलाई फुटाउँने
बाटो रोजिएको छ
गरिबी, अशिक्षा,
शोषणको मलम भनी
द्वेष कलहको
सुनामी हुलिएको छ
सिक्किमको
दाहसंस्कार गरेर दोर्जे
आर्यघाटमा
मसान बनी ब्युँतिएको छ
होशियार !
अब नेपाली जनता
जन्मदैछन् दोर्जेहरू देशभित्र
गम्भीरतापूर्वक चिन
भि–भि रुप उसका
कतै चिनाइरहेको छ आफूलाई
नयाँ जनवादको
वर्ग छोडी, जातीय विभेदभित्र
कतै देखाइरहेको छ आफूलाई
उ नभए नेपाल पनि नहुँने
भारतीय नकावभित्र
प्रकट हुन सक्छ
दोर्जेको रूप त्यहाँ पनि
भर्खर बनाइएको
राष्ट्रको साहबभित्र
6. संघीयता मूर्दाबाद भन्दै
यथार्थ र परतार्थको बिचमा, बुझौँ उपसर्ग
होहल्ला र कोलाहलमा होइन जीवन, बझौँ त्यसको गर्भ।
आखिर सत्य सत्य नै हो लाग्छ तितो, हामीलाई किन !
भाषणमा त स्वीजरल्याण्ड भो गरिबलाई खै के, सक्यौँ दिन !!
बिचल्लीमा बाढी पिढीत, शरणार्थी सामराज्यमा
सिमाना झन मिचिदैछ, नेता “वा” मा विस्तारबादमा
आखिर गल्ती - गल्ती नै भो, अतितको भूल चर्कदै गो।
जात, जाती, धर्म, वर्ण लिङ्ग बिभेद, निर्माणमा
संघीयता आवस्यक रे, बुझ्न आफै भ्रमणमा
केही छिन त झुट लुक्यो, आखिर सत्य बिष्फोटन भो।
अखण्डता, स्वाधीनता र राष्ट्रियतामा, जनताको चेत परस्फुटन भो।।
खबरदार ! मा जनता ओर्ले, गाउँ गाउँमा मसाल बाल्दै
जनचेतना उकास्नलाई प्रशिक्षणको, कदम चाल्दै
किसान मजदुर सर्वाहारा, हातमा हात मिलाउदै छन।
संघीयता मूर्दाबाद ! भन्दै जोडदार चिच्चाउदै छन।
संघीयता मूर्दाबाद ! भन्दै जोडदार चिच्चाउदै छन।।
7. फुट्न होइन जुट्न सिक
स्वयत्त प्रदेशको नारा दिनेहरु
मेरो देश भनेर उठ्न सिक
विखण्डनको वकालत गर्नेहरु
हाम्रो देश भनेर बाच्न सिक
देश आत्मा हो
आत्माको हत्या गर्ने दुष्प्रयास नगर
देश मुटु हो ह्दयघातको दुष्प्रयास नगर
देश परिचय हो
गुमनामका कल्पना नगर
तराइ, पहाड र हिमाल
एउटा बिसाल बगैचा हो
बिसाल नेपालको परिचय हो
अनेकता भित्र एकता हो
एक भएर बाच्न सिक
फुट्न होइन जुट्न सिक
जनताको नाममा
जनतालाई हतियार बनाई
फुटाएर हाँस्न नखोज
एक भएर बाँच्न सिक
फुट्न होइन जुट्न सिक
8. तिमीलाई मेरो अर्चना छ
मेरा हजारौँ इच्छामध्ये
नेपाल सदैव फूलोस्–फलोस्
भे थियो
असभ्य मान्छेहरू पनि
सभ्य समाजमा बाँच्न पाउन
भे थियो
तर
देश वम गोला बारूदले
जलिनै रह्यो
निरीह गाउँ–वस्ति आतङ्कले
हैरानी पायो
शान्ति होस् नयाँ किरणहरू फैलियोस्
त्रासै–त्रास मनमा सङ्कट झेलेर
बाँच्न बिवस मान्छेका आँखामा
अशान्तिका बादल फाटोस्
भ मन चाहे पनि
म असमर्थ छु
परिवेशले म विदेशमा कुजो छु
मालिकको अधिनमा छु
शोषक, सामन्त र आतङ्कको
भीषण युद्धबीच शान्तिको लागि
खबरदारी गर्न तिम्रो खाँचो छ
तिमीलाई मेरो अर्चना छ
आतङ्क र विध्वंसले
देश भत्केर के भयो ???
अन्याय र अत्याचारले सिमा नाघ्यो
निदोषका लासले देश उराठलाग्दो छ
सिमा मिच्दै विस्तारवादी दादागिरी
राष्ट्रवादी यो देशका नेतागिरी
एक आमाका सन्तानहरूलाई
फुटाउन खोज्दैछन्
शोषक, सामन्त र आतङ्कको
भीषण युद्धबीच शान्तिको लागि
खबरदारी गर्न तिम्रो खाँचो छ
तिमीलाई मेरो अर्चना छ
यो अपराधीको गिदीभित्र
पूर्वको सन्देश घुसाइदेउ
मुक्तिको खातिर सडकमा उत्रेका
जनताको सागर हेर्ने भनिदेउ
छद्मभेषी गद्धारको
मनपरी टिक्ने छैन भनिदेउ
ठाउँ–ठाउँमा ज्वालामुखी
विष्फोट हुँदैछ भनिदेउ
भोक, रोग र शोक उम्रिने ठाउँमा
न्याय र सभ्यता पलाओस्
लालीगुराँसका थुँगा फूलिरहुन्
हिमचुली शिखर सयौँ उच्च रहोस्
नेपाली वीर प्रगति–पथमा लम्कियो
स्कोटी–कोटी कण्ठको अर्चना गरेर
यो सन्देश पठाउँछु
जहाँ अशान्तिको बादल मडारिएको छ
जहाँ बम फाटेको थियो
यदि त्यहाँ नयाँ आँकुरा पलाएमा
धर्ति हाँसेमा
तृप्त ओठमा न्योनो मुस्कान छाँटेमा
त्यो खबर मसँग ल्याउनु है
तिमीलाई मेरो अर्चना छ
तिमीलाई मेरो अर्चना छ
9.एक जुट भई उठ्नै पर्छ है
झनका झन राश्ट्रघात हुँदैगाको छ
भयभित आतङ्क बड्दै गाको छ
गणतन्त्रको नाममा आज,
बढ्दै गाछ कलङ्क
प्रजातन्त्र गुम्राहामा
,पारेका छन् झन्–झन्त
अन्याय अत्याचार बढ्दै गाको छ
देष बेच्ने शडयन्त्र गदैर् गाको छ
चौकिदारी गर्ने दाई
,उठौँ भाडा माने भाई
बन्चित गराई अधिकारमा,
पन्छाउँदै छ हामीलाई
सङ्घीय व्यवस्था हामीलाई चाहिँदैन
राश्ट्रियता टुक्रा–टुक्रा पार्न पाइँदैन
जातित्वको विभाजनले
,अन्तद्र्वन्द्व मच्चिने भो
द्वन्दै द्वन्द्व चर्के पछि,देष कहिले सुध्रिने हो
जनताको संविधान आको छैन है
जनताले भनेको भाको छैन है
विदेषका युवाहरू,एक जुट भई उठ्नै पर्छ
राश्ट्रियताको रक्षा गर्न,कम्मरकसी जुटनै पर्छ
वर्गीय लडाई लडनै पर्ने भो
यूद्धको तयारी गनैर् पर्ने भो
रोजगारीको बन्दोवस्त,
स्वदेषमै हामीलाई चाहियो
विदेषमा सस्तो श्रम,
बेचेर नै दु:ख पाइयो
व्यवस्था सुनिष्चित गनैर् पर्छ है
विदेषका युवाहरू
एक जुट भई उठ्नै पर्छ
है विदेषका युवाहरू
एक जुट भई उठ्नै पर्छ है
10. मेरो गाउँले
उहीं शताब्दीको
यौटै मिति र यौटै बेलामा पनि
बेग्लै युगको फरक यात्रा गर्दैछ
मेरो गाउँले
मेरो देशको शहर र राजधानी भन्दा।
मेरो गाउँ
जन्मदैतस् बुढो भएर जन्मन्छ,
भावीले लेखेको कर्म लिएर आएको छ
न पग्रने दुध चुसेर कुनामै रोइरहन्छ
अभावको जिन्दगी बाँच्छ
यो जिन्दगी सहजै सहन्छ
घाम, बतास्, हुरी र पानी
यी सबै ईश्वरको खेल भन्छ।
उसलाई थाहा छैन उ कुन युगमा छ
उसले देख्दैन आफ्नो रूप, उ कुन रूपमा छ
भोको पेटको गर्भकोषमा अल्झेको गर्भ हो उ
नौ महिना गर्भमै कुर्छ,
दश महिनापछि जन्मदा
संसार चिनेर होइन
बुद्धत्व पाएर होइन
किन रून्न किन रून्न
आमाको दूधतिर चोंसै फर्काउन्न
नचल्छ,
न दूध खान्छ
यौटा अप्ठेरो ठाउँबाट निस्केर
सजिलो ठाउँमा खुट्टा तान्छ
यस्तो मृत्युबाट उम्केर मेरा गाउँमा बाँच्नेहरू
मात्र मान्छेको कोखमा जन्मेको नाताले मान्छे हुन्
नत्र
न तिनीले आमाको मुखबाट भाषा सिके
न कहिल्यै आमाको काखको मीठो नीद पाए
नाल काटेदेखिबाट नै
आँखाभरि आमा हेर्न नपाएका यिनीहरू
जिन्दगी चोक्टा पारी–पारी सिध्याए, छिनाए।
सधैं आमा
कहिले पाकेको र कहिले काँचै गास
घाँटीमा अड्काएर हिंड्थी
सबेरै निमेक गर्न झर्थी,
घर उघारै हर उधारै
कहिले गिठा र भ्याकुर बटुल्न
वनका पखेरा पखेरा पुग्थी
काखका छोरालाई कुकुर र बिरालासित छोड्थी
यिनैसित खेल्थे ती
यिनैको काखमा सुत्थे
उस्तै उफ्रन्थे उस्तै कराउँथे
यिनैसित बुद्धि, बानी र बेहोरा सिक्थे
अनि यही भाषासित यो युग टेक्न आइपुग्थे।
युगपछि
बल्ल आज सिक्दैछन् यौटा भाषा
बल्ल आज चिन्दैछन् यौटा भाषा
जिन्दावाद घ् र मूर्दावाद
वर्गीय आगोको रापमा सेकिएको
यो युगको तातो भाषा
आकाश थर्काउने भाषा
पृथ्वी फर्काउने भाषा
मान्छेलाई ब्यूझाउने भाषा।
मान्छेलाई मान्छे जस्तै भएर बोल्न र बाँच्न उकास्ने यो भाषा
यसमा आफ्नो चिसो रगत तातेको पाउँछन्,
हृदयले माया भेटाउँछन्
उघ्रेको आँखाले संसार हेर्छन्
जीवनलाई बाँच्न
थुप्रै थुपै्र आशिर्वाद पाउँछन्।
11. नेपाल एउटै हुनुपर्छ
तिम्रा काँडावाल आकृतिहरू
रक्तपिपासु मनोवृत्तिहरू
षडयन्त्र, जालझेल र आर्तहरूलाई
झुक्याउने कुकृतिहरू
राष्ट्र सिक्किम वा फिजि बनाउन
तयार पारिएका नीति र विधिहरू
अनेकतामा गाँसिएको एकता खल्बलाउन
खेलिएका विकृतिहरू
हामी नामर्द, नामुदमण्डले हुतिहारा
बनेर सहन सक्दैनौं।
हौं हामीहरू विदेशीहरूका कठपुतली बनेर नाँच्न पनि जान्दैनौं।
दिनदाहडै सोझासाझा जनताहरूलाई
एउटै चिहान बनाउँदैनौं।
स्वाभीमानी यी अटल शिरहरू
दुश्मनका सामु कहिल्यै झुकाउँदैनौं।
किनभने,
जहानियाँ राणाशासन ढाल्न सक्ने
तागत छ हामीसँग।
निरंकुश राजतन्त्र गाल्न सक्ने
आलो रगत छ हामीसँग।
शोषितहरूको सत्ता स्थापना गर्ने
महान् उद्देश्य र लक्ष्य छ हामीसँग
त्यसैले अब
देशभक्त, मजुदर, किसान, ज्यामीहरू
एकतामा बाँधिनुपर्छ
कलमवीर, चैतन्यवीर र रणवीरहरू
बाघबज्र प्रहार गर्न जुट्नुपर्छ
देश टुक्राटुक्रा पारेर
विदेशीहरूलाई बेच्न खोज्नेहरूलाई
जात, धर्म, भाषा र क्षेत्रका बीचमा
गृहयुद्धको वीउ रोप्नेहरूलाई
एकताको कालशास्त्र प्रहार गरी
अखण्ड नेपाल कायम गर्नुपर्छ
राष्ट्रिय अस्मिता बचाउन अब
नौलो महासमरको उद्घोष गर्नुपर्छ।
विशाल, सुन्दर, शान्त
एकात्मक गणतान्त्रिक नेपाल हुनुपर्छ।
एउटै नेपाल हुनुपर्छ।
12. पानी पानीको देश
पानी पानीको देश
पानीको लागि सपना देख्छ
र, नटुट्दै सपना हरु अभावका
घैला च्यापेर कथित पानीको खोजाइमा
लम्कन्छ मेलम्चितिर
आशै आशका पाइला
खडेरीको पानी बोकेर
नचढ्दै सपनाका सिँढिहरु
नपुग्दै निश्चित गन्तब्य
फुटिसकेका हुन्छन पानीका घैलाहरु
कथित मृगतृष्णा मेलम्चिका
सपनासंगै बिलाएर जान्छन
फगत पानीको फोका झै
बस्तिहरु पानीको सतहमाथि
पानी खोज्नुको अर्थमा
तरलपानी र सरल पानीको जीबन
ठोस् पानीमा अनुवाद भै
खडेरी भरी पानी बोक्छन सपनामा
बर्षा भरी पानी फाल्छन बिपनामा
बगेर छताछुल्ल खडेरीको पानीले
बस्ती बगाएको कतै सपना त होइन ?
खोलाको तीरमा रहेका घरहरु
कागले ओसारे झै ब्यस्त छन पानी ओसार्न
जीबनका धेरै दिन
शायद यसैगरी बिते होलान
पानी पानीको कथा गाएर
पानी पानीको ब्यथा पिएर
भो अब कुरा नगर !
मन मरिसकेको छ अभाबले
मन तर्सिसकेको छ आतंकले
सँघर्ष गर्दागर्दै जीबन
इतिबृति भईसकेको छ
खडेरीको पानीले ।
13. रक्तपातमा मुछिएको बेला
आफ्नो जन्मभूमि रक्तपातमा मुछिएको बेला
जताततै विनाकरण लास ढलेको देख्दा
हजारौ आत्माहरु अशान्तिले छट्पटाउँदा
जताततै कोलाहाल मात्रै मच्चिंदा
खुशी त कसलाई लाग्छ र
श्रृष्टिकै नियम उल्टिएको बेला
जताततै भोकमरी र समस्याले तड्पिएको देख्दा
बेरोजगारीले पुरै देशै खाएको बेला
औषधी उपचार नपाई मर्नु परेको देख्दा
महंगिले आकाश छोएको बेला
बिदेशिनु परेको छ अहिले
रहर त कसलाई हुन्थ्यो र बाध्यताले
बम र बारुद संगै मन उडेको बेला
हरियाली डढेर कालो बनेको बेला
कल्पिएका सपनाहरु सबै अधुरा भैदिँदा
मनमा कुनै आशाका त्यान्द्राहरु बाँकी नरहंदा
मनमा शान्ति त किन हुन्थ्यो र
रुदै रुदै विदेशिनु परेको बेला
रुदै रुदै भएनी केही आशले अाइयो
दश हन्डर खाँदा त झन झन्डै बहुलाइयो
फुट्नै लागेको मनलाई बलैबलै थामी
लागियो मन बुझाउन यस्तै रैछ जीवन भनी
जन्मभुमिमा त नपाको सुख किन पाइन्थ्यो र यहाँ
कठै बिचरा भन्ने समेत कोही छैनन जहाँ
14. पहाड र लाहुरेहरु
पहाडहरु मन रोप्छन् र फुलाउँछन्
छात्तीमा स्वाभिमानका गुँरासहरु
लाहुरेहरु पिठ्युमा सुन बोक्छन्
र सुनसंगै सपनाहरु फुलाउँछन्
दुःखको पहाड चढेर लाहुरे
सुखको सपना बुन्छ
तर पहाड स्वाभिमानमा गर्व गर्छ
अनि लाहुरे सपनामा खिस्सी गर्छ ।
बाजे लाहुरेदेखि नाति लाहुरेसम्मको
लर्को हेर्दै पहाड दिक्क मान्छ
र खिस्सी गर्दै फिस्स हाँस्छ ।
त्यसैले पहाड,
लाहुरेको बिदाइमा कहिल्यै हात हल्लाउँदैन
शुभयात्रा पनि भन्दैन
अनि लाहुरेका आगमनमा कहिल्यै स्वागत गर्दैन
खुशीले अंकमाल पनि गर्दैन
बाजेदेखि नाति लाहुरेसम्मको अविरल यात्राको
ज्यूँदो साक्षी पहाड
लाहुरेलाई कहिलै संझाउने कोशिस गर्दैन
र नजाउ पनि भन्दैन
किनकी, उसले देखेको छ
आफ्नै आँखा अगाडि
बाजेको पालाको भन्ज्याङ्गको त्यो भट्टी
यतिखेर डिस्कोमा परिणत भएको छ
पहाडि भट्टीको पट्यारलाग्दो हिन्दी फिल्मी गीत
कान फुट्ने डिस्को संगीतमा फेरिएछ
धिपधिपे त्यो ध्वाँसे टुकि
झकिझकाउ प्रकाशमय भएको छ ।
पहाडलाई लाग्छ,
लाहुरे सपनाहरु फैलिदैछन्
कहिँ कतै नअटाउने गरि
त्यसैले,
उ लाहुरेलाई कहिलै सोध्ने आँट गर्दैन
तिम्रो सपना पुरा भयो ? भनेर
बरु उ चुपचाप सहन्छ लाहुरेका अनगिन्ती गालीहरु
हिजो कान्छीको भट्टीमा पसेर पहाडलाई
हिन्दीमा गाली गर्दै निस्कने बाजे लाहुरे
र आज डिस्कोमा पिएर र थाकेर
अंग्रेजीमा गाली फलाक्ने नाती लाहुरे
पहाडलाई उस्तै उस्तै लाग्छन्
पहाडलाई लाग्छ,
लाहुरहरु फेरिएका छन्
लाहुरेहरु उस्तै छन्
लाहुरे हिड्ने बाटाहरु बद्लिएका छन्
लाहुर जाने पाइलाहरु उस्तै छन्
लाहुरे बहानाहरु फेरिएका छन्
उदेश्यहरु एउटै छन्
हिजो झोलाभरी सामल बोकेर
लाहुरतिर बढेका पाइलाहरु
आज आकाशमा उडेर के भयो र ?
लाहुरे सपना प्रत्येक पटक स्खलित भएकै छ
फरक समयहरुमा, फरक सन्दर्भहरुमा
त्यसैले आजकल पहाड़हरुआफ्नै आँखा अगाडि
लाहुरेको भत्किएको मन हेर्छन
त्यसै माथि ठडिएको भब्य महल हेर्छन
अनि एक आपसमा कानेखुसी गर्छन
15. मध्य रात्रीमा
चारैतिर चकमन्न अँध्यारो थियो
कालो बादलले ढाकेको आकाशबाट
चिसो पीठो बर्षदै थियो
सिरेटोको निर्मम प्रकारले
हाम्रो छातीमा ठुँङ्दै थियो
खाली धर्तीमा रित्तो आकाश ओडेर पिन
कैयौँ मान्छे सुतेकै थिए
टाडा कतै कराएको स्यालको आवाजले
वातावरणलाई उराठ उराठ बनाइरहेको थियो ।
त्यसै बेला
उनी उठे
न्याना हातले बसेहै सानी भन्ने सङ्केत गर्दै
अध्यारो रातमा छाम-छाम र छुम-छुम गर्दै
सर्पको डसाइ र कुकुरको टोकाइबाट बँच्दै
एउटा सङ्घर्षशील यात्राका लािग
हिँडेका थिए ।
भन्थे-
बिहानको मिर्मिरेसँगै
अन्धकारलाई हटाउन प्रकाश लिएर र
अन्यायका विरुद्धमा सङ्घर्षको मसाल बोकेर
उदाउने छु पूर्व क्षितिजमा ।
तर कुन्नि किन होउनी अझै आएका छैन
न्कतै बाटामा आउँदा कुकुरले झम्टे की
या कतै स्यालको जाल वाचितुवाको फन्दामा परे िक
काँडा र बुट्यानमा अलमलिनु पनि नपर्ने ।
मलाई विस्वास छ-
उनी दृढ छन्
उनी शक्तिशाली छ
न्त्यसैलेस्याल र व्वाँसोले रोक्न सक्दैनउनलाई
कुकुर र चितुवाले देख्न सक्दैन उनलाई
रझाडी र बुट्यानले अल्मल्याउ पनि सक्दैन उनलाई
त्यसैले सारा बन्धनहरु तोड्दै
सारा अप्ठ्याराहरुपार गर्दै र
पूर्व उजिल्याउँदै
उनी अवस्य आउने छन् ।
म देखिरहेकी छु-पूर्वमा लाली चढ्दै छ
उनी चक्माबाट आगो झिक्दैछन् क्यार
आगाका फििल·ा देखिन्छन् कताकती
त्यो त उनको प्रकि्रया हो
त्यत्तिले पुग्दैन उनलाई
उनी झन् माथि पुग्नेछन्
अनि प्रमिथस बनेर आगोमात्र होइन
सिङ्गो सूर्य लिएर आउने छन् ।
राता किरणका प्रहारमा
अन्धकार भाग्ने छ
बादल फार्ने छ
सिरेटो हराउने छ र
निलो आकाशमुनिको स्वच्छ धर्ती
मुसुक्क हाँस्ने छ- उनी हाँसे जस्तै
उनलाई कसैले रोक्न सक्दैन
उनलाई कसैले छेक्न सक्दैन
उनी अवश्य आउने छ
न्किनकि उनी सूर्य लिन गएका छन्
Friday, June 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment