Wednesday, July 21, 2010

कविता - दिनु हुन्न

मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न,

दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न।

टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न

दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न।

नेपालको भुमिमाथी आँखा गाडनु हुन्न ,

विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न।

विरताको इतिहाँस बोकेको धर्तिमा ,

साम्राज्यवादका तिखा नङ्ग्रा गाडन दिनु हुन्न।

विश्व भरि नाम चलेकी नेपाल आमाको ,

शिर झुकाई रूवाउने काम गर्नु हुन्न।

चौरासी हेक्टर हाम्रो भुमि लुटी सक्दा पनि ,

हत्केलामा दहि जमाई अब बस्नु हुन्न।

दिन दहारै बहिनीको इज्जत लुटिन्छ भने ,

आँखामा पट्टि बाँधी दाजुुले हेर्नु हुन्न।

जंगे पिल्लर ढालि ढालि सिमा सार्दा खेरी ,

गृह युद्धभित्र अब नेपाली अल्भि्कनु हुन्न।

पूर्व तिस्टा कांगडामा पुगी सक्दा पनि ,

सिमा विबादमा अव नेपाली फस्नु हुन्न।

संविधान निर्माण गर्ने अभिभारा बोकिसके पछि ,

सत्ताको लुछाचुँडी अव गर्नु हुन्न।

No comments:

Post a Comment